close

यस्तो छ ग्यालेक्सी एस २२ अल्ट्राको पहिलो वास्तविक तस्वीर

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ १८:१९

यस्तो छ ग्यालेक्सी एस २२ अल्ट्राको पहिलो वास्तविक तस्वीर

काठमाडौं । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस २२ आउँदो केही महिनाभित्र सार्वजनिक गर्ने अपेक्षा  गरिएको छ । पक्कै पनि  समयसँगै अब हामीले आउँदा हप्तामा यस सम्बन्धी थुप्रै लिकहरू देख्न पाउने छौँ ।

यसैक्रममा आज हामी तपाईंलाई फ्रन्ट पेज टेकको सहयोगमा सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा वास्तविक जीवनमा कस्तो देखिन्छ भन्ने कुरा बताउँदै छौँ । केही साता अघि लिक भएको भनिएका रेन्डर तस्वीरमा देखिएजस्तै रहेकाले हामीले यो खबरमा विश्वास गरेका हौँ ।

ती तस्वीर तपाईंले यहाँ तल देख्न सक्नुहुन्छ । तस्वीरमा हेर्दा ग्यालेक्सी एस २२ अल्ट्रा यस अघिको ग्यालेक्सी नोट २० अल्ट्रासँग धेरैजसो हदसम्म मिल्दोजुल्दो देखिन्छ ।

कर्भ्ड डिस्प्ले, बक्सी डिजाइन र एस पेन स्लट सबै ग्यालेक्सी नोट ट्रेडमार्क हुन् । यस अघिका लिक भएका रेन्डर तस्वीरबाट समेत यो अपेक्षित नै थियो । तर यी वास्तविक तस्वीरले त्यसलाई पुष्टि गर्ने काम गरेको छ ।

हुन त सन् २०२२ को सुरुवातमा सार्वजनिक हुने अपेक्षा गरिएको यो स्मार्टफोनको फाइनल डिजाइनमा अझै केही सामान्य किसिमको परिवर्तन हुनसक्छ । यद्यपि त्यसको आधारभूत डिजाइन भने अहिले नै तय भइसकेको मान्नुपर्ने हुन्छ ।

त्यसैले आउँदो सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा धेरै हदसम्म यो तस्वीरमा देखाइएजस्तै हुनेछ । वास्तविक तस्वीर बाहिर आए पनि यसबाट कुनै अनपेक्षित किसिमको त्यस्तो कुनै चिज देख्न भने पाइएको छैन ।

क्यामेरा अर्रे हेर्ने हो भने लगभग ग्यालेक्सी एस २१ अल्ट्राबाट खासै परिवर्तन भएको देखिँदैन । जसमा १०८ मेगापिक्सेलको मेन क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड, १० मेगापिक्सेलको ३x टेलिफोटो लेन्स र १० मेगापिक्सेलकै अर्को १०x टेलिफोटो लेन्स रहेका छन् ।

मोबाइलमा हेडफोन ज्याक पनि देखिँदैन । यद्यपि यो फोन सम्बन्धी थप लिक्स तथा खुलासाको विषयमा जानकार रहन सम्पर्कमा रहिरहनुहोस् । अहिले भने हामीले यसको मनमोहक प्रोटोटाइप देखिसकेका छौँ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५