close

प्रयोगकर्ताको मृत्युपछि के हुन्छ आईफोनमा रहेको डेटा ?

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १९:१८

प्रयोगकर्ताको मृत्युपछि के हुन्छ आईफोनमा रहेको डेटा ?

काठमाडौं । एप्पलले आफ्नो अपरेटिङ सिस्टममा डेटा व्यवस्थापनका लागि नयाँ फिचर ल्याउने तयारी गरेको छ ।

प्रयोगकर्ताको मृत्युपश्चात् उनीहरूका आफन्त वा नजिकको मान्छेले मोबाइलमा भएको व्यक्तिगत डेटामा पहुँच पाउनसक्ने व्यवस्थासहित एप्पलले आईओएस १५.२ को नयाँ अपडेटमा ‘लिगेसी कन्ट्याक’ फिचर उपलब्ध गराउन लागेको हो ।

यस फिचरअन्तर्गत प्रयोगकर्ताले लिगेसी कन्ट्याक्टमा राखेको व्यक्तिले एउटा विशेष कोड प्राप्त गर्छ । प्रयोगकर्ताको मृत्युपश्चात उनको आईफोन अनलक गर्नका लागि सो व्यक्तिकाे मृत्यु दर्ता प्रमाणपत्रसहित उक्त कोड एप्पललाई बुझाउनु पर्नेछ ।

यसरी प्रयोगकर्ताले लिगेसी कन्ट्याकमा राखेको व्यक्तिले प्रयोगकर्ताको मृत्युपश्चात् उनको आईफोनमा भएको म्यासेज, फोटो, नोट लगायत अन्य महत्त्वपूर्ण डेटामा पहुँच पाउन सक्छन् ।

यो फिचर प्रयोग गर्नका लागि भने प्रयोगकर्ता र प्रयोगकर्ताले लिगेसी कन्ट्याकमा राख्न खोजेको दुवै व्यक्तिले आई‌ओएस १५.२ प्रयोग गरेको हुनुपर्नेछ ।

एप्पलले १५.२ को अपडेट दिएपछि यसरी लिगेसी कन्ट्याक राख्न सक्नुहुन्छ ।

  • सेटिङ एप ओपन गर्नुहोस् ।
  • पासवर्ड एण्ड सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ ‘लिगेसी कन्ट्याक’ भन्ने अप्सन आउनेछ । सो अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि ‘एड लिगेसी कन्ट्याक’ मा क्लिक गर्नुहोस् ।
  • पपअप म्यासेजमा आएको ‘एड समवान यु ट्रस्ट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो कन्ट्याकमा भएको व्यक्तिलाई एड गर्नुहोस्। (यदि तपाईंले फ्यामिली शेयरिङ इनेबल गर्नुभएको छ भने एप्पलले सोही व्यक्तिलाई लिगेसी कन्ट्याक्टमा राख्न तपाईंलाई सुझाव दिनेछ ।)
  • त्यसपछि ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • आफ्नो आईफोनको एक्सेस की सो व्यक्तिलाई कसरी पठाउने भन्ने विषयमा छनौट गर्नुहोस् । तपाईंले कोड आईम्यासेज मार्फत पठाउन सक्नुहुन्छ अथवा कोड कपी गरेर प्रिन्ट गर्न पनि सक्नुहुनेछ ।
  • कोड पाएको व्यक्तिले प्रयोगकर्ताको मृत्युपछि डेटामा एक्सेस लिनका लागि यहाँ क्लिक गरेर एप्पललाई एक्सेस रिक्वेस्ट पठाउन सकिनेछ ।
  • यसरी आईफोनमा आफ्नो मृत्युपछि आफ्नो डेटामा कसको पहुँच दिने भन्नेबारेमा अब प्रयोगकर्ताले नै निर्णय गर्न सक्नेछन् । प्रयोगकर्ताले सो लिगेसी कन्ट्याकमा एकभन्दा बढी व्यक्तिलाई पनि राख्न मिल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२