close

वर्ल्डलिंकका ग्राहकलाई उपत्यकाका रेस्टुरेन्टमा ३० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ ७:४

वर्ल्डलिंकका ग्राहकलाई उपत्यकाका रेस्टुरेन्टमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सका ग्राहकले उपत्यकाभित्रका दुई सयभन्दा बढी रेस्टुरेन्टहरूमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

‘माई वर्ल्डलिंक बेनिफिट्स’ कार्यक्रम अन्तर्गत उपत्यकाभित्रका विभिन्न रेस्टुरेन्टहरूमा आफ्ना ग्राहकका लागि वर्ल्डलिङ्कले यो अफर ल्याएको हो । 

यो अफर पाउन ग्राहक ‘माई वर्ल्डलिंक’ एपको सक्रिय प्रयोगकर्ता हुनुपर्नेछ ।

त्यसपछि यो अफरको लागि वर्ल्डलिंकले सहकार्य गरेको रेस्टुरेन्हरूमा गएर आफ्नो बिल तिर्ने बेलामा ‘माई वर्ल्डलिंक’ एपमा भएको तपाईंको ‘डे रिमेनिङ’ स्टाटस अर्थात् तपाईंको इन्टरनेटको समयावधि सकिन कति समय बाँकी छ भन्ने विवरण देखाउनुहोस् ।

यसपछि ग्राहकले ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले बताएको छ ।

आफू वरपर कुन रेष्टुरेन्टमा यो सेवा उपलब्ध छ भनेर थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस् । यसपछि थोरै स्क्रोल गरेर तल रहेको सिटीमा आफ्नो जिल्ला छान्नुहोस् अनि एरियामा आफ्नो एरिया छनौट गर्नुहोस् ।

यसपछि तपाईंले खोज्नुभएको ठाउँमा कुन-कुन रेष्टुरेन्टमा यो सेवा उपलब्ध छ भनेर थाहा पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२