close

नेपाली बजारमा ‘पोको एफथ्री जीटी’ को मूल्य घट्यो

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १३:१७

नेपाली बजारमा ‘पोको एफथ्री जीटी’ को मूल्य घट्यो

काठमाडौं । नजिकिँदै गरेको क्रिसमसको अवसर पारी पोकोले आफ्नो फ्ल्यागशिप फोन ‘पोको एफथ्री जीटी’ को मूल्य घटाएकाे छ । कम्पनीले नेपाली उपभाेक्ताका लागि याे स्मार्टफाेनकाे मूल्य पाँच हजार घटाएकाे हाे ।

८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको यो फोनको सुरुवाती नेपाली बजारमा ५६ हजार ९९९ रुपैयाँ रहेकोमा अब ५१ हजार ९९९ रुपैयाँममा खरिद गर्न सकिन्छ ।

‘एफ’ सिरिज अन्तर्गतको ‘पोको एफ थ्री जीटी’ गेम प्ले, उत्कृष्ट क्यामेरासहित बजारमा उपलब्ध छ । यो फोन परिष्कृत, स्टाइलिश र प्रिमियम ‘स्लिपस्ट्रिम’ डिजाइनमा आएको कम्पनीले जनाएको छ । 

मिडियाटेक चिपसेट प्रयोग भएको यो फोनमा टर्बो एमोलेडको १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । त्यस्तै हाई रेजाेलुसन अडियोको अनुभवको लागि यस फोनमा डुअल स्टेरियो स्पिकर र डल्बी एटमोस प्रयोग गरिएको छ ।

गेमिङका लागि लक्षित गरिएको यो फोनमा म्यागलेभ मेकानिकल ट्रिगर प्रयोग गरिएको छ, जसबाट कुनै बाधा बिना वा अतिरिक्त गेमिङ सामग्रीबिना नै मज्जाले गेम खेल्न सकिन्छ ।

मोबाइलमा ५,०६५ एमएएचको ब्याट्री प्रयोग भएको छ भने ६७ वाटको फास्ट चार्जर उपलब्ध रहेको छ ।

साथै यसमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध छ, जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ११९ डिग्रीको एफओभी सहित २ मेगा पिक्सेलको म्याक्रो क्यामेरा छ ।

त्यस्तै फाेनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३