काठमाडौं । पासवर्ड म्यानेजर नोर्डपासले सन् २०२१ मा सबैभन्दा धेरै प्रयोग गरिएका २०० ओटा झुर पासवर्डको सूची सार्वजनिक गरेको छ । त्यससँगै महिलाहरूले धेरै प्रयोग गर्ने कमजोर पासवर्डको सूची समेत बाहिर आएको छ ।
जसमा समग्रमा धेरै प्रयोग भएका पासवर्डको सूची मध्येका ८६ पासवर्ड मात्रै छन् । महिलाहरूले धेरै प्रयोग गर्ने कमजोर पासवर्डको सूचीमा पनि समग्रमा सबैभन्दा कमजोर मानिएको पासवर्ड 123456 नै छ ।
तर दोस्रो नम्बरमा भने 12345 रहेको छ, जुन समग्र कमजोर पासवर्डको सूचीमा तेस्रो नम्बरमा छ । त्यस्तै समग्रमा कमजोर पासवर्डको दोस्रो स्थानमा रहेको 123456789 चाहिँ महिलाहरूले धेरै प्रयोग गर्ने कमजोर पासवर्डको सूचीमा छैटौँ स्थानमा छ ।
समग्रमा धेरै दोहोरिने कमजोर २०० ओटा पासवर्डको सूचीमा नरहेका तर महिलाले प्रयोग गर्ने प्रयोग गर्ने कमजोर पासवर्डमा purple, unknown, butterfly, babygirl, tigger, miggie, ashley, summer, hannah, samantha लगायतका छन् ।