close

मोबाइलमा नम्बर सेभ नगरी ह्वाट्सएपबाट यसरी पठाउनुहोस् म्यासेज

टेकपाना टेकपाना

मंसिर १२, २०७८ १३:३५

मोबाइलमा नम्बर सेभ नगरी ह्वाट्सएपबाट यसरी पठाउनुहोस् म्यासेज

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप विश्वमा सबैभन्दा चर्चित एपको रुपमा रहेको छ । जसका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी रहेका छन् । यती धेरै प्रयोगकर्ता र यती धेरै चर्चाका बावजुद पनि ह्वाट्सएपमा फोनमा नम्बर सेभ नगरेसम्म उक्त नम्बरमा म्यासेज पठाउन सकिदैन ।

जब तपाईं कुनै व्यक्तिको नम्बर सेभ गर्न चाहनु हुन्न तर उसको नम्बरमा म्यासेज पठाउनु छ भने त्यसको विकल्प छैन् । ह्वाट्सएप आफैले यो फिचर प्रयोगकर्तालाई उपलब्ध गराएको छैन् । तर, पनि यसका केही विकल्पहरू भने छन्, जसको बारेमा यहाँ हामी तपाईँहरूलाई जानकारी गराउँदै छौं ।

ब्राउजरमा ह्वाट्सएप सर्ट लिंक प्रयोग गर्ने

यसअघि नै उल्लेख गरेजस्तै नम्बर सेभ नगरी म्यासेज पठाउने सेवा ह्वाट्सएप आफैले उपलब्ध गराएको छैन् । तर, वेब भर्सनको ब्याकग्राउन्डमा भने यो सेवा हामीले उपयोग गर्न सक्छौं ।

हामी धेरैलाई थाहा नहुन सक्छ की वेब भर्सनमा ह्वाट्सएप खोल्ने सर्टकट की ‘wa.me’ हो । त्यो हुँदा नम्बर सेभ नै नगरी च्याट गर्नका लागि तपाईंले ब्राउजरमा https://wa.me/phonenumber क्लिक गर्नुहोस् ।

फोन नम्बर भनेको ठाउँमा म्यासेज पठाउन चाहेको नम्बर राख्नुपर्ने हुन्छ । तर, फोन नम्बर अघि कन्ट्रीकोड भने अनिवार्य रुपमा राख्नुपर्नेछ । उदाहरणका लागि https://wa.me/‍+9779841234544 टाइप गरी इन्टर गर्नुहोस् ।

छुट्टै एप प्रयोग गर्ने

यसअघि वेबसाइटबाट नम्बर सेभ नगरी म्यासेज पठाउने एउटा उपायको विषयमा हामीले जानकारी लियौं । यदि तपाईं वेबसाइट प्रयोग गर्न चाहनुहुन्न भने त्यसका लागि पनि हामीसँग विकल्प रहेको छ । जुन ह्वाट्सएप भन्दा बाहिरी एप प्रयोग गर्नु हो ।

यसको अर्थ तपाईंले गुगल प्ले स्टोरमा उपलब्ध ‘ह्वाट्सएप डाइरेक्ट’ नामक नयाँ एप डाउनलोड गर्नसक्नु हुनेछ । उक्त एपमार्फत तपाईंले मोबाइलमा फोन नम्बर सेभ नै नगरी सोझै म्यासेज गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२