close

विन्डोज १० र ११ मा ह्वाट्सएपले सार्वजनिक गर्यो डेडिकेटेड एप

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १५:४९

विन्डोज १० र ११ मा ह्वाट्सएपले सार्वजनिक गर्यो डेडिकेटेड एप

काठमाडौं । यो वर्ष प्रयोगकर्ताको लागि ह्वाट्सएपले धेरै नयाँ फिचरहरू ल्याइसकेको छ । भर्खरे मात्र, ह्वट्सएपले विन्डोज १० र विन्डोज ११ मा आफ्नो एप उपलब्ध गराएको छ । यसको अर्थ हो अब तपाईंले ल्यापटप वा डेस्कटपको लागि ब्राउजरबाट ह्वाटस्एप डाउनलोड गर्नु पर्दैन ।

अब विन्डोज १० र ११ दुवैको माइक्रोसफ्ट स्टोरमा ह्वाट्सएपको डेडिकेटेड एप उपलब्ध हुनेछ। हाललाई भने यसको बेटा भर्जन उपलब्ध गराइएको छ ।

तर मोबाइलमा यसको प्रयोग धेरै हुने र वेब ब्राउजरबाट पनि राम्रोसँग चलाउन सकिने हुदाँ स्टोरमा नै गएर किन डेडिकेटेड एप नै डाउनलोड गर्नुपर्‍यो भन्ने प्रश्न भने आउन सक्छ ।

यद्यपि ब्राउजरबाट प्रयोग गर्ने एप भन्दा डेडिकेटेड एपमा थप फिचर के छ भन्ने बारे कम्पनीले खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२