close

अविता ब्राण्डका ल्यापटप नेपाली बजारमा

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १२:३७

अविता ब्राण्डका ल्यापटप नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा अविता ब्राण्डका ‘फास्ट फवार्ड ल्यापटप’ भित्रिएको छ । अमेरिका, हङकङ, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया, भारतजस्ता देशमा आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपाली बजारमा आफ्नो ल्यापटप विस्तार गरेको हो ।

ल्यापटप बजारमा पकड जमाउन कम्पनीले विशेषगरी जीवन्त रंगमा डिजाइनसहित विशिष्ट फिचर भएका ल्यापटप ल्याएको जनाएको छ ।

यो ब्राण्डका ल्यापटप हलुका (अल्ट्रा-पोर्टेबल) र आधुनिक फिचरले भरिएको दाबी गर्दै कम्पनीले युवा वर्ग आकर्षित हुने अपेक्षा राखेको छ ।

यो ब्राण्डको ‘एसेन्सियल’, ‘म्यागस टु-इन-वान’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप सिरिज नेपाली बजारमा भित्रिएको छ ।

अविताका सबै उत्पादनमा दुई वर्षको अन-साइट वारेन्टी छ भने ‘म्यागस टु–इन–वान’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

नेष्टजीओ कम्पनी लिमिटेडका सीईओ एवं सह-संस्थापक एलेक्स चुङले हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित भएको बताउँदै उपभोक्ताको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना रहेको भनाइ राखे ।

अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले अविताका नयाँ ल्यापटप सिरिजलार्ई नेपालका प्राविधिक प्रयोगकर्तामाझ ल्याउन पाउँदा अत्यन्त उत्साहित रहेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२