यी ठाउँमा उपलब्ध छ सीजी नेट

CG net

काठमाडौं । सीजी कम्युनिकेसन्सले जेठ महिनादेखि सुरू गरेको इन्टरनेट सेवा ‘सीजीनेट’ विभिन्न ठाउँमा विस्तार भइरहेको छ ।

सुरुमा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट सेवा ल्याएको सीजीले अहिले ६४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार हालसम्म विभिन्न २३ स्थानमा इन्टरनेट सेवा विस्तार भएको छ ।

यसअन्तर्गत काठमाडौं उपत्यकाका जावलाखेल, कोटेश्वर, कुपण्डोल, कुलेश्वर, कालिमाटी, कलंकी, सतुगंल, शान्तिनगर, शंखमुल, छाउनी, गोगंबु, महाराजगन्ज, धापासी, बालाजु, जोरपाटी, चाबाहिल, मुलपानी, सातदोबाटो, कपन, भैंसीपाटी, सितापाइला, सानोठिमी र रानीबारीमा इन्टरनेट सेवा उपलब्ध छ ।

त्यस्तै पेप्सिकोला, इमाडोल, विशालनगर, गौशाला, धर्मस्थली, बुढानिलकण्ठ, सूर्यविनायक, ठमेल र लाजिम्पाटमा इन्टरनेट सेवा विस्तार हुने चरणमा रहेको कम्पनीले जनाएको छ ।

२०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team