close

गुगल र फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सबैभन्दा धेरै हेरिने वेबसाइट

टेकपाना टेकपाना

पुस ८, २०७८ १३:२१

गुगल र फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सबैभन्दा धेरै हेरिने वेबसाइट

काठमाडौं । गुगल र फेसबुकलाई पछि पार्दै टिकटक सबैभन्दा धेरै हेरिने वेबसाइट बनेको छ ।

इन्टरनेट ट्राफिक ट्र्याक गर्ने क्लाउड इन्फ्रास्ट्रक्चर कम्पनी क्लाउडफ्लेयर इंकको एक प्रतिवेदनमा टिकटक डटकम विश्वमै सबैभन्दा धेरै भिजिट भएको वेबसाइट पाइएको हो ।

टिकटकले गुगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, नेटफ्लिक्स, युट्युवजस्ता वेबसाइटलाई पछि पारेको हो । प्रतिवेदनअनुसार धेरै हेरिने शीर्ष १० वेबसाइटमध्ये टिकटक एक मात्र गैरअमेरिकी वेबसाइटको रुपमा रहेको छ ।

विश्वभरबाट टिकटकका मासिक एक अर्ब प्रयोगकर्ता छन् ।

यसैबीच वालस्ट्रिट जर्नलले गरेको अनुसन्धानले टिकटकमा हुने ‘सेन्सुअल कन्टेन्ट’ मा भिडिओ शेयरिङ एपको एल्गोरिदमले नराम्रो प्रभाव पारेको तथ्य पत्ता लगाएको छ । 

यस्ता छन् धेरै हेरिने शीर्ष १० वेबसाइट :

  1. TikTok.com
  2. Google.com
  3. Facebook.com
  4. Microsoft.com
  5. Apple.com
  6. Amazon.com
  7. Netflix.com
  8. YouTube.com
  9. Twitter.com
  10. WhatsApp.com

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२