close

अक्सिजन ओएस ११ अपडेट उपलब्ध गराउँदै वनप्लस, यी डिभाइसमा हुनेछ उपलब्ध

टेकपाना टेकपाना

पुस २२, २०७७ ९:२

अक्सिजन ओएस ११ अपडेट उपलब्ध गराउँदै वनप्लस, यी डिभाइसमा हुनेछ उपलब्ध

काठमाडौं । वनप्लसले आफ्ना स्मार्टफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा आधारित अक्सिजन ओएस ११ अपडेट उपलब्ध गराउने भएको छ । प्रविधि र एन्ड्रोइड अपडेटका हिसाबले सँधै अघि रहँदै आएको वनप्लसले एन्ड्रोइड ११ मा आधारित स्मार्टफोनमा अक्सिजन ओएस ११ अपडेट उपलब्ध गराउने भएको हो ।

कम्पनीले केही समय अघिमात्रै सार्वजनिक गरेको कम्पनीको सस्तो फोन वानप्लस नोर्ड यो सूचीको पहिलो नम्बरमा परेको छ । कम्पनीका अनुसार उक्त फोनमा आगामी हप्ता नयाँ अपडेट उपलब्ध हुनेछ ।

त्यसपश्चात क्रमशः वनप्लस ७ सिरिजका स्मार्टफोनमा अक्सिजन ओएस ११ अपडेट उपलब्ध हुने जनाइएको छ । भने अत्यमा वानप्लस ६ सिरिजका फोनमा यो अपडेट उपलब्ध हुने उल्लेख छ ।

यी फोनमा अक्सिजन ओएस ११ अपडेट कहिले उपलब्ध हुन्छ भन्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन । तर, कम्पनीले यी फोनमा उपडेट उपलब्ध गराउन काम गरिरहेको जनाएको छ ।

अक्सिजन ओएस ११ मा अलवेज अन डिस्प्ले, डार्क मोड, जेन मोड २.० लगायतका फिचरहरु रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१