close

फोनको भरमा प्रलोभनमा परेर पैसा जम्मा नगर्न एभरेष्ट बैंकको आग्रह

टेकपाना टेकपाना

पुस २६, २०७७ ८:३९

फोनको भरमा प्रलोभनमा परेर पैसा जम्मा नगर्न एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रलोभनमा परेर बैंक खातामा पैसा जम्मा नगर्न आग्रह गरेको छ । विगत केही समयदेखि नेपाल सहित भारत, पाकिस्तान लगायतका मुलुकका मोबाइल नम्बरबाट विभिन्न प्रलोभन देखाएर ठगी कार्य भइरहेको उल्लेख गर्दै बैंकले सचेत रहन आग्रह गरेको हो ।

पछिल्लो समय विभिन्न आकर्षक चिठ्ठा परेको, उपहार पठाइदिने आदि जस्ता प्रलोभन देखाएर ठगी गर्ने कार्य बढ्दै गएको छ । उपहार सामग्री पठाउन भन्सार तथा कर भुक्तानी गर्नुपर्ने भन्दै ठगहरुले त्यस वापतको रकम बैंकमा जम्मा गर्न लगाउने गरेका छन् ।

बैंकले त्यस्ता भ्रामक एवम् निराधार सूचनाहरुमाथि विश्वास नगर्न अनुरोध गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई सूचनामार्फत जानकारी गराएको छ । साथै त्यस किसिमका सूचना प्राप्त भएमा बैंकको नजिकैको शाखा कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराएर सचेत रहन समेत भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१