close

सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

टेकपाना टेकपाना

पुस २८, २०७७ १३:१६

सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको ओरोपमा राजधानीस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का एक प्राध्यापक पक्राउ परेका छन् ।

क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालको दुरुपयोग गरी यौन दुर्व्यवहार गरेको भन्दै क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१