close

त्रिवि एम एडको परीक्षा आवेदन फारम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

माघ ३, २०७७ १२:४१

त्रिवि एम एडको परीक्षा आवेदन फारम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । त्रिभुव विश्वविद्यालय शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । परीक्षा नियन्त्रण शाखा बल्खुले एम एड प्रथम सेमेस्टरको फारम अनलाइनबाटै भर्न सकिने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

आउँदो फागुन महिनामा सञ्चालन हुने शिक्षा शास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित प्रथम सेमस्टरको परीक्षामा खुल्ला तथा दूर सिकाइका विद्यार्थीसमेत सहभागी हुन पाउने छन् ।

नियमित, आंशिक तथा मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही माघ २० गतेभित्र आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन अनलाइनमार्फत भर्न सक्नेछन् ।

सबै क्याम्पसले आवेदन फाराम वापत संकलित शुल्क माघ २५ गतेभित्र शिक्षाशास्त्र संकायको बैंक खातामा जम्मा गरेको सक्कल भौचरको स्क्यान कपी अपलोड गरी आ आफ्ना क्याम्पसका विद्यार्थीहरुले भरेको अनलाइन परीक्षा फाराम २५ माघभित्र रुजु तथा प्रमाणीत गरिसक्नुपर्ने बताइएको छ ।

कसरी भर्ने अनलाइन फाराम ?

विद्यार्थीहरुले संकायको वेबसाइटमा गएर नियमित विद्यार्थीहरुले प्रवेश परीक्षाको सि. नं. तथा आंशिक विद्यार्थीहरुले त्रिवि रजिष्ट्रेसन नम्बर मार्फत मात्र अनलाइन परीक्षा फाराम भर्न सक्नेछन् ।

स्नातकोत्तर तह खुला तथा दूर सिकाईका शैक्षिक सत्र २०६९/०७०/२०७०/०७१ र २०७१/७२ व्याचका आंशिक परीक्षार्थीहरुले मौका परीक्षाको परीक्षा फाराम भर्न सक्नेछन् । परीक्षा आवेदन फाराम वापत नियमित तथा बंशिक परीक्षाका लागि फाराम शुल्क प्रति विद्यार्थी १५०० रुपैयाँ तथा ओडीएल तथा आईसीटीईको हकमा प्रति विद्यार्थी २५०० रुपैयाँ लाग्नेछ ।

जुन विद्यार्थीहरुले सम्बन्धित क्याम्पसमार्फत बुझाउनुपर्ने हुन्छ । विद्यार्थीहरुले परीक्षा फाराममा विवरण भर्दा शुद्धसँग भर्नुपर्नेछ ।

क्याम्पस तथा कलेजको परीक्षा शाखाले विद्यार्थीहरुले प्राप्त गरेको आन्तरिक मूल्याङ्कनको अंक अनलाइन परीक्षा फाराममा प्रविष्ट गर्नुपर्ने छ । साथै यदि आंशिक विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन अंक पहिला पठाउन छुटेको भए सो विद्यार्थीको समेत फाराममा अंक प्रविष्ट गर्नुपर्ने स्पष्ट पारिएको छ ।

अनलाइन परीक्षा फाराममा विद्यार्थीहरुले पासपोर्ट साइजको स्पष्ट अनुहार देखिने हालसालै खिचेको फोटो अपलोड गर्नुपर्नेछ । यदि आवेदक विद्यार्थीले अपलोड गरेको फोटो अस्पष्ट भएमा आवेदन फाराम अस्वीकृत हुने बताइएको छ ।

अनलाइन परीक्षा फाराममा आवेदक विद्यार्थीले तोकिएको ठाउँमा दस्तखत अपलोड गर्ने र नियमित विद्यार्थीहरुले परीक्षाको रिजल्ट स्लिप २०२० अपलोड गर्नुपर्नेछ । यदि परीक्षा फारममा उल्लेखित रीत पुरा नभई आएको खण्डमा उक्त परीक्षा फाराम समेत रद्द हुने महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१