close

विद्युतीय गाडीको बजारमा नयाँ तरङ्ग ल्याउँदै ठूला प्रविधि कम्पनीहरु

टेकपाना टेकपाना

माघ ७, २०७७ १२:४६

विद्युतीय गाडीको बजारमा नयाँ तरङ्ग ल्याउँदै ठूला प्रविधि कम्पनीहरु

काठमाडौं । गएकाे हप्ता चीनकाे अग्रणी कार निर्माता कम्पनी झिजियाङ गीलेले दुईवटा साझेदारी गर्‍यो । कम्पनीले पहिलो साझेदारी चिनियाँ सर्च इञ्जिन बाइडुसँग आफ्नो विद्युतीय गाडी निर्माणका लागि गर्‍यो ।

यस्तै दोस्रो ताइवानकाे एप्पल सप्लायर फक्सकोन टेक्नोलोजी ग्रुपसँग ज्वाइन्ट भेन्चरका लागि साझेदारी गर्‍यो । जसले अन्य कम्पनीका लागि कार निर्माण गर्दछ । यी दुई साझेदारीले यो क्षेत्रमा कसरी नयाँ स्वरूपमा काम भइरहेको छ भन्ने कुराको संकेत दिन्छ । 

चालकविहीन गाडी 

नयाँ पुस्ताकाे कारको अबको लक्ष्य भनेको चालकविहीन गाडी हाे । इन्टरनेट अफ थिङ्क्स, फाइभजी, क्लाउड सर्भिस तथा आर्टिफिशियल इन्टेलिजेन्सका कारण यी कुराहरु सम्भव हुनेछन् ।

केही प्रविधिले नेभिगेसनलाई राम्रो बनाएर अन्य कार वा मोबाइल डिभाइससँग लिङ्कअप गराउँछ भने कतिले कारभित्रै मनाेरञ्जनमा सुधार गर्दछ । 

तर यी प्रविधिले विद्युतीय बहानलाई अझ वातावरणमैत्री बनाउन तथा चालकको सुरक्षामा सुधार गर्न थप महत्वपूर्ण भूमिका खेलेको छ । 

ठूलो व्यवसाय बन्दै विद्युतीय गाडी

चीन तथा विश्वका विभिन्न मुलुकहरुमा विद्युतीय कार निर्माण गर्ने कम्पनी टेस्लाको मूल्य अहिले शताब्दीकै पुरानो फोर्ड मोटर्सको भन्दा धेरै छ । 

यो क्षेत्र दिनदिनै ठूलो बन्दैछ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चीनको विद्युतीय कार उद्योग एक वर्षमै १५४ अर्ब ३०० करोड डलरको पुग्ने प्रक्षेपण गरेको छ ।

नियो, एक्सपेङ र लि अटोले नेतृत्व गरेको चिनियाँ इभी स्टार्टअप्सहरुले आफ्नै देश तथा विदेशमा विस्तार गरिसकेका छन् । 

प्रधिका दिग्गज कम्पनीकाे प्रवेश 

बाइडुले विश्वकै ठूलो खुला स्वचालित ड्राइभिङ अलायन्स अपोलो प्लेटफर्म सार्वजनिक गरेको छ ।  २०१७ मा मात्र बाइडुले फोर्ड, मर्सिडिज बेन्जको अभिभावक कम्पनी डायम्लर लगायत ५० पार्टनरसँग साझेदारी गरेको थियो । 

यसले भोल्भो कारको स्वामित्वकर्ता गिलेसँग साझेदारी गर्‍यो । साथै डायमलरको स्वामित्व पनि लियो । डायमलरले बाइडुलाई ईभीको डिजाइन, विकास तथा निर्माणका लागि झेजियाङ आधारित कार निर्माणकर्ता कम्पनीको प्रयोग गर्न दिने सम्भावना छ । 

बाइडु बाहेक अन्य कार निर्माणकर्ता कम्पनीहरु अलिबाबा ग्रुप होल्डिङ पनि यसमा आउने सम्भावना देखिएको छ ।

गत वर्षमात्र अलिबाबाले चीनको ठूलो कार निर्माणकर्ता कम्पनी एसएआइसी मोटोर्स तथा झानजियाङ हाई टेक पार्क डेभलपमेन्टको १८ प्रतिशत स्वामित्व लिएको थियो ।

यो टाइअपले आईएम ब्राण्ड वा इन्टेलिजेन्स इन मोसनअन्तर्गत रहेर विद्युतीय निर्माण गर्ने देखिएको छ । यी कारहरुले आफै पार्क गर्न सक्नेछन् । 

यस्तै ह्वावे टेक्नोलोजीले पनि चानगाङ अटो र चीनको ठूलो ईभी ब्याट्री निर्माणकर्ता कम्पनी कन्टेम्प्रोरी एम्पेरेक्स टेक्नोलोजी लिमिटेडसँग साझेदारी गरेको छ । यो साझेदारी उद्देश्य पनि अपमार्केट कार ब्राण्ड सार्वजनिक गर्ने नै हो । 

ह्वावेले अघिल्लो वर्ष २०१९ मा मात्र आफ्नो फाइभजी इकोसिस्टम र विश्वको पहिलो फाइभजी भेहिकल मोड्युल एमएच ५००० सार्वजनिक गरेको थियो । यसले इलेक्टिक गाडीलाई इन्टेलिजेन्ट मोबिलिटी सोल्युसन प्रदान गर्दछ । जुन चाँडै नै उत्पादनमा जाँदैछ । 

यसबाहेक आईफोन निर्मार्ता कम्पनी एप्पलले पनि ह्युण्डाई मोटर्ससँग साझेदारी सम्झौता हस्ताक्षर गर्ने योजना बनाएको छ । ताकि मार्चसम्ममा स्वचालित विद्युतीय कारको निर्माण गर्न सकियोस् र अमेरिकामा २०२४ सम्ममा उत्पादन सुरु गर्न सकियोस् । 

पुरानो भर्सेस नयाँ

नयाँ, पुरानो र स्थापित कम्पनीबीचको यस किसिमको साझेदारीसँगै प्राविधि कम्पनीको संलग्नताले नयाँ नयाँ अवधारणा र नवप्रवर्तनलाई जन्म दिएको छ ।

जस्तै क्लाउड प्लेटफर्म, डिजिटल म्याप, सेन्सर इक्यपमेन्ट र बिग डेटा । परम्परागत कार निर्माणकर्ता, उनीहरुको निर्माण क्षमता र सप्लाइ चेन क्षमताले एसेम्ब्लीमा केन्द्रित रहनेछ । 

चीनको भूमिका 

आउँदा दिनमा बेइजिङले स्वचालनकाे भविष्यलाई राम्रोसँग परिभाषित गर्नेछ । यसका लागि चीनले ठूला ठूला व्यापारिक खेलाडीहरुसँग यो क्षेत्रमा व्यापक संसाधनको लगानी गरिरहेको छ । 

उसको मेन इन चाइना २०२५ औद्याेगिक मास्टरप्लानको हिस्साको रुपमा बेइजिङले २०२४ सम्म आफ्नो सडकमा गुड्ने गाडीमध्ये २० प्रतिशत नयाँ कार हुने लक्ष्य लिएको छ ।

यसको अर्थ आगामी २०२४ सम्ममा चीनको ४० लाख जति बाहनहरु विद्युतीय हुने अपेक्षा गरिएको छ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३