close

एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित लाखौं गाडी बनाउँदै फोर्ड

टेकपाना टेकपाना

माघ २०, २०७७ १३:८

एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित लाखौं गाडी बनाउँदै फोर्ड

काठमाडौं । गाडीको अपरेटिङ सिस्टममा गुगलको एन्ड्रोइड प्रयोगमा ल्याउने फोर्ड पछिल्लो एक कम्पनी बनेको छ । अमेरिकाको मिचिगन राज्यमा रहेको कम्पनी फोर्डले गाडीमा रहेको इन्फोटेनमेन्ट सिस्टमका लागि गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा ल्याउने भएको हो ।

कम्पनीले सन् २०२३ सम्म आफ्ना लाखौं उत्पादनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमा प्रयोगमा ल्याउने बताएको छ । यसको अर्थ फोर्डको गाडीमा गुगलको भ्वाइस एक्टिभेटेड असिस्टेन्ट, गुगल म्यापका साथै अन्य अटोमोटिभद्धारा प्रमाणित एन्ड्रोइड एप उपलब्ध हुनेछ ।

गाडीमै उपलब्ध एन्ड्रोइड सिस्टमबाटै चालकले क्लाइमेट सेटिङ परिवर्तन गर्न, मर्मतको जानकारी लिन, फोन उठाउन लगायतका सम्पूर्ण सुविधा पाउनेछ । यसको अर्थ आईफोन प्रयोगकर्ताले आफ्नो फोन फोर्डका गाडिमा कनेक्ट गराउने नपाउने भन्ने पनि हाेइन ।

फोर्डका अनुसार उक्त सिस्टम एप्पलको एप्पल कार प्लेसँग कम्प्याटिबल रहेको छ । कम्पनीका अनुसार सन् २०२३ बाट एन्ड्रोइडयुक्त उत्पादन बजारमा जानेछ, जुन विश्वव्यापी रुपमै उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१