close

तपाईं पनि बन्न सक्नुहुन्छ ‘श्वेता’जस्तै मजाकको पात्र, यसरी जोगिनुहोस्

टेकपाना टेकपाना

फागुन ९, २०७७ १९:१८

तपाईं पनि बन्न सक्नुहुन्छ ‘श्वेता’जस्तै मजाकको पात्र, यसरी जोगिनुहोस्

काठमाडौं । हालै श्वेता नाम गरेकी भारतीय युवती आफ्नो जुम मिटिङको अडियो भाइरल हुँदा सामाजिक सञ्जालको ट्रेन्डिङमा आइन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुने अहिलेको समयमा कुनै पनि विषय भाइरल बनिदिन सक्छ ।

त्यसैअनुरुप हालै मात्र श्वेता नामक युवती ट्रेन्डिङमा आइन् । जो आफ्नो जुम मिटिङको अडियोको विषयलाई लिएर भाइरल बनेकी छन् ।

उनी सामाजिक सञ्जालको ट्रेन्डिङमा आउनुको विषय निकै रोचक छ । श्वेता १११ जना अन्य व्यक्तिहरुसँग एउटा जुम मिटिङमा जोडिएकी थिइन् ।

त्यसक्रममा उनलाई आफ्नो माइक म्युट गर्ने कुरा ख्यालै भएन । त्यसैबेला उनले आफ्नो कुनै साथीसँग फोनमा आफ्नो निजी कुरा गर्न सुरु गरिन् ।

उनलाई आफ्नो माइक खुल्लै रहेको ध्यानै भएन । त्यसक्रममा उनले आफ्नो अफेयरको कुरा गरिन्, जुन अन्य १११ जना व्यक्तिहरुसम्म पुग्यो । त्यसपछि भने उक्त अडियो कसैले सामाजिक सञ्जालमा पोस्ट गरिदियो ।

भारतमा भएको यो घटना रातभरमै सामाजिक सञ्जालमा आगोझैं फैलियो । त्यससँगै सामाजिक सञ्जालमा अनेक मिम्स बनिरहेका छन् ।

ट्वीटरमा पनि #Shweta ट्रेन्डिङमा आयो । यद्यपि अहिलेसम्म ती युवतीको पहिचान त्यति खुलस्त रुपमा बाहिर आएको छैन । यदि उनको पहिचान समेत खुल्ने गरी उक्त घटना भइदिएको भए के हुन्थ्यो ? एकछिन सोच्नुहोस् त । 

जसरी सामाजिक सञ्जालमा ती युवतीको मजाक उडाउने काम भइरहेको छ, यसबाट तपाईं पनि आफ्नो अफिस, स्कुल वा कलेजको अनलाइन भिडियो मिटिङको दौरान निकै सावधान रहनुपर्ने आवश्यकता छ । त्यसो त भिडियो कल अगाडि पनि हुने गर्दथ्यो ।

तर कोरोना भाइरसको महामारीपछि भिडियो कलको प्रयोग निकै धेरै मात्रामा बढेको छ । यदि श्वेताको अडियो लिकलाई केवल मजाकभन्दा फरक किसिमले हेर्नुहुन्छ भने त्यसबाट निकै धेरै सिक्न सकिन्छ ।

यसबाट अब भिडियो कल वा अडियो कलमा जोडिँदा तपाईंले आवश्यकता अनुसार अडियो म्युट गर्ने विषयमा सावधानी अपनाउन सक्नुहुनेछ । त्यसैले कुनै पनि कलमा जोडिँदा आफ्नो माइक म्युट छ वा छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस् ।

ता कि श्वेताको जस्तै आफ्नो निजी कुराकानी भाइरल हुनबाट रोक्न सकियोस् । यो घटनापछि तपाईं आफ्नो माइक सेटिङमा तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् ।

अनि कर्को कुरा डिफल्ट रुपमा नै अडियो म्युटमा राख्नुहोस् । ता कि जबसम्म तपाईं आफैंले अनम्युट गर्नुहुन्न तबसम्म तपाईंको आवाज अरुले सुन्न नसकोस् ।

यसबाट तपाईंल आफ्नो आवश्यकता अनुसार स्वयम्‌ले म्युट अथवा अनम्युट गर्नुपर्नेछ । यसका लागि केवल तपाईंले स्क्रिनमा दिइएको अप्सनमा ट्याप गरे पुग्छ ।

अनलाइन भिडियो कलिङ प्लेटफर्म जुम, माइक्रोसफ्ट टिम्स, स्काइप र गुगल आदिमा भिडियो कलिङको दौरान अडियो म्युट गर्न सकिने फिचर यसअघि नै उपलब्ध छ । तर अडियो म्युट फिचरले कसरी काम गर्दछ भन्ने कुरा कतिपयलाई थाहा नै हुँदैन ।

जुम, माइक्रोसफ्ट टिम्स, गुगल मिट र स्काइपमा भिडियो कलको समयमा आफैं अडियो म्युट गर्न सक्नुहुन्छ । ता कि तपाईंको आवाज कहिल्यै पनि श्वेताको जस्तो भाइरल नहोस् ।

जूममा अडियो म्युट गर्ने तरिका

सबैभन्दा पहिला आफ्नो फोन वा डेक्सटपमा जुम एप खोल्नुहोस् । त्यसपछि सेटिङ मेनुमा क्लिक गर्नुहोस् । अब अडियो अप्सनमा जानुहोस् ।

त्यसपछि स्क्रिनको तलतर्फ रहेको ‘अल्वेज म्युट द माइक्रोफोन ह्वेन ज्वाइनिङ अ मिटिङ’ लाई चेक अर्थात टिक लगाउनुहोस् । यति गरेपश्चात अब उपरान्त तपाईं भिडियो कलमा जोडिँदा स्वतः म्युट बटन अर्थात माइक अफ यानिकि बन्द हुनेछ ।

त्यसपछि तपाईंले आफ्नो आवश्यकताको आधारमा माइक आइकनमा क्लिक गरेर आफैं म्युट अथवा अनम्युट गर्न सक्नुहुनेछ ।

स्काइपमा

सबैभन्दा पहिला आफ्नो डेक्सटप वा मोबाइल एपमा स्काइप खोल्नुहोस् । अब आफ्नो प्रोफाइल फोटमा क्लिक गर्नुहोस् र सेटिङमा जानुहोस् ।

यति गरेपछि तपाईंले अडियो तथा भिडियो अप्सन चयन गर्नुपर्ने हुन्छ । सेटिङ मेनुमा दिइएको माइक्रोफोनको अप्सनमा क्लिक गरेर माइक्रोफोन सेटिङलाई एडजस्ट गर्नुहोस् । ता कि तपाईंले आफ्नो आवश्यकता अनुसार म्युट वा अनम्युट गर्न सक्नुहोस् । 

गुगल मिटका लागि यसो गर्नुहोस्

गुगल मिटमा अडियो म्युट गर्नका लागि सबैभन्दा पहिला तपाईंले आफ्नो कम्प्युटर वा मोबाइलमा गुगल मिट खोल्नुपर्ने हुन्छ । त्यसपछि डिस्प्लेको माथितिर दिइएको अडियो अप्सनमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ दिइएको अप्सनमा क्लिक  गरेर माइक टर्न अफ गर्नुहोस् । यदि तपाईंको अडियो अनम्युट गर्नुपर्ने आवश्यकता छ भने तपाईं उक्त आईकनमा फेरी दबाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१