close

अब एक रुपैयाँमै भायानेटकाे सेट-टप बक्स

टेकपाना टेकपाना

फागुन १३, २०७७ १४:३९

अब एक रुपैयाँमै भायानेटकाे सेट-टप बक्स

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि एक रुपैयाँमै भायानेट टिभीको सेट-टप बक्स उपलब्ध गराएको छ । यो सुविधा वार्षिक रूपमा इन्टरनेट सेवा खरिद गर्ने ग्राहकका लागि ल्याइएकाे हो ।

एक महिनाको इन्टरनेट सेवा लिने ग्राहकले उक्त सेट-टप बक्स १५ सय रुपैयाँमा खरिद गर्नसक्ने छन् । यस्तै तीन महिनाको इन्टरनेट सेवा लिने ग्राहकले यसका लागि एक हजार रुपैयाँ तिर्नुपर्नेछ ।

याे अफरबाट कम्पनीले आफ्ना ग्राहकलाई थोरै शुल्कमा अधिकतम मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले आफ्ना व्यक्तिगत र व्यवसायिक दुवै ग्राहकका लागि नयाँ तथा नवप्रवर्तित इन्टरनेट सेवा तथा सञ्चार समाधानहरु उपलब्ध गराउँदै आइरहेको उल्लेख गरेकाे छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४