close

एन्ड्रोइड ११ अपडेट दिने स्मार्टफोन कम्पनीमा कुन अघि ? यस्तो छ पछिल्लो तथ्याकं

टेकपाना टेकपाना

फागुन १६, २०७७ १७:४८

एन्ड्रोइड ११ अपडेट दिने स्मार्टफोन कम्पनीमा कुन अघि ? यस्तो छ पछिल्लो तथ्याकं

काठमाडौं । एन्ड्रोइड १२ को चर्चा चलिसकेकाे बेला एन्ड्रोइड ११ को कुरा गर्न सान्दर्भिक नहुन सक्छ । तर धेरै प्रयाेगकर्ता एन्ड्राेइड ११ कै अपडेट कुरिरहेका छन् । गत सेक्टेम्बर ८ मा सार्वजनिक भएको एन्ड्रोइड ११ अबको एक हप्तापछि ६ महिना पुग्दैछ ।

कम्पनीहरूले आफ्ना निश्चित स्मार्टफोनमा नयाँ अपरेटिङ सिस्टम दिने भनेर घाेषणा गरेपनि हालसम्म केही फाेनमा मात्र अपडेट उपलब्ध गराइएकाे छ ।

यसैबीच हालसम्म एन्ड्राेइड ११ को अपडेट उपलब्ध गराउनेमा कुन कम्पनीको अवस्था कस्तो छ भन्ने विषयमा धेरैकाे जिज्ञासा हुनसक्छ । यसअघिका आधार मान्ने हो भने पनि एन्ड्रोइड अपडेट कम्पनीहरुले खासै चाँडो भने उपलब्ध गराउने गरेको पाइँदैन ।

एन्ड्रोइड अपडेट उपलब्ध गराउनुले नै कम्पनीले आफ्ना प्रयोगकर्तालाई यति वर्षसम्म सपोर्ट उपलब्ध हुनेछ भनी दिएको प्रतिबद्धता पुरा गर्नु हो । तर, त्यो प्रतिबद्धतामा कुन कम्पनी कति खडा भइरहेका छन त ?

किनभने, यसैले नै उक्त कम्पनीको डिभाइस पुनः खरिद गर्ने कुरामा प्रयोगकर्तालाई आकर्षित गर्ने गर्छ । त्यसैले हामीले यहाँ उत्कृष्ट १० मोबाइल ब्राण्डलाई समेटेका छौं । जसमध्ये कुन कम्पनी सफल भए ? कुन–कुन कम्पनीले एन्ड्रोइड ११ को अपडेट उपलब्ध गराए ? यस विषयमा चर्चा गर्नेछौं ।

१. वानप्लस : वानप्लस एन्ड्रोइड ११ उपलब्ध गराउनेमा सबैभन्दा अघि छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई एन्ड्रोइड ११ को बेटा भर्सनसमेत उपलब्ध गराएको थियो । भने, अक्सिजन ओएसको रुपमा एन्ड्रोइड ११ सार्वजनिक भएको १ महिनाको अवधिमा कम्पनीले वान प्लस ८ र ८ प्रोमा उपलब्ध गराएको थियो ।

oneplus 8 pro in nepal

जुन एन्ड्रोइड १० अपडेटको तुलनामा भने केही बढी समय कम्पनीले बिताएको छ । कम्पनीले एन्ड्रोइड १० सार्वजनिक भएको १८ दिनमै ग्राहकलाई उपलब्ध गराएको थियो । कम्पनीले हाल एन्ड्रोइड ११ वानप्लस ७ र वानप्लस नोर्डमा समेत उपलब्ध गराएको छ ।

२‍. ओप्पो : वानप्लस जस्तै ओप्पोले आफ्ना प्रयोगकर्तालाई छोटो समयमै एन्ड्रोइड ११ को अपडेट उपलब्ध गराएको छ । यसको अर्थ वानप्लसको जस्तो एक महिनामा भने होइन । ओप्पोले एन्ड्रोइड ११ उपलब्ध भएको ५६ दिनपछि नयाँ उपडेट उपलब्ध गराएको थियाे ।

Oppo Find X2 Pro, Find X2 With 120Hz Display, Snapdragon 865 SoC Launched:  Price, Specifications | Technology News

कलर ओएस ११ मा आधारित उक्त अपडेट ओप्पो एक्स २, एफ १७ लगायतका सेटमा उपलब्ध भइसकेको छ ।

३. साओमी : सोओमीले एन्ड्रोइड ११ सार्वजनिक भएको ६२ दिन पछिमात्रै आफ्ना प्रयोगकर्तामाझ उपलब्ध गराएको हो । त्यतिबेला कम्पनीको फ्ल्यागशिप स्मार्टफोन एमआई १० सिरिजमा उपलब्ध भएको थियो ।

Updated: Xiaomi Mi 10 Pro Camera review: Outstanding tele-zoom and texture

एमआईयूआई १२ का रुपमा आएको उक्त अपडेट रेड्मी के ३०, पोको एफ२ प्रोमा उपलब्ध गराइसकेको छ ।

४. रियलमी : अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमी पनि एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउनेमा अघि नै रह्यो । कम्पनीले एन्ड्रोइड ११ सार्वजनिक भएको ८७ दिनमा उक्त अपडेट उपलब्ध गराएको थियो ।

Realme X50 5G with 120 Hz display launched in China, pricing starts at CNY  2,499- Technology News, Firstpost

जसको सुरुवात कम्पनी रियलमी एक्स ५० प्रो मार्फत गरेको थियो । भने, अन्य मोबाइल सेटमा पनि चाँडै विस्तार गर्ने तयारीमा कम्पनी रहेको छ ।

५. सामसङ : सामसङ यो सूचीकाे पाँचौं नम्बरमा परेको छ । यसअघिका घटनालाई हेर्ने हो भने पनि सामसङले छोटो समयमै एन्ड्रोइडको उपडेट उपलब्ध गराएको देखिँदैन । तर, पनि कम्पनीले एन्ड्रोइड ११ सार्वजनिक भएको ९५ दिनपछि उक्त अपडेट उपलब्ध गराएको थियो ।

Samsung Galaxy S20 FE brings some flagship specs

यसको सुरुवात ग्यालेक्सी एस२० र नोट २० बाट भएको थियो । भने, ग्यालेक्सी एस१० र जेड फ्लिपमा उपलब्ध भइसकेको छ ।

६. सोनी : सामसङ र साेनीले झण्डै एउटै समयमा आफ्ना प्रयोगकर्तालाई एन्ड्रोइड ११ को अपडेट उपलब्ध गराएका थिए । एन्ड्रोइड ११ अपडेट ट्रयाकरका अनुसार सोनीले ९७ दिनमा मात्रै नयाँ अपडेट उपलब्ध गराएको हो ।

Xperia 1 II Specifications | Smartphones | Sony US

जसको सुरुववात सोनी एक्सपेरिया १ आईआईबाट भएको थियो । भने, विस्तारै एक्सपेरिया ५ आईआई, एक्सपेरिया १, एक्सपेरिया ५ मा समेत एन्ड्रोइड ११ अपडेट उपलब्ध भइसकेको छ ।

७. असुस : एन्ड्रोइड १० अपडेटमा अघि रहेको असुस एन्ड्रोइड ११ अपडेटमा भने पछि परेको छ । असुसले एन्ड्रोइड १० सार्वजनिक भएको २ महिनाभित्रै प्रयोगकर्तालाई उपलब्ध गराएको थियो । तर, एन्ड्रोइड ११ भने १ सय १२ दिनमा मात्रै उपलब्ध गराएकाे छ ।

ASUS ZenFone 6 | iF WORLD DESIGN GUIDE

कम्पनीले जेनफोन ६ मार्फत आफ्नो पहिलो अपडेट उपलब्ध गराएको थियो । भने असुस जेनफोन ७ र ७ प्रोमा अझै बेटा भर्सनमात्रै उपलब्ध भएको छ ।

८. एलजी : सामसङजस्तै एलजी पनि अपडेटमा सँधै पछि पर्दै आएको छ । एन्ड्रोइड १० को हकमा तीन महिनामा उपलब्ध गराएको कम्पनीले एन्ड्रोइड १ सय ४४ दिनमा मात्रै उपलब्ध गराएको छ ।

LG Velvet - Notebookcheck.net External Reviews

कम्पनीले भेल्भेट सिरिजका फोनमार्फत एन्ड्रोइड ११ को अपडेट उपलब्ध गराएको छ । तर, अन्य मोडल भी६०, जी८एक्स, विंङ्स जस्ता डिभाइसमा भने अझै कुनै अपडेट उपलब्ध भएको छैन ।

९. मोटोरोला : एलजी र मोटोरोला एन्ड्रोइड ११ को अपडेट उपलब्ध गराउनेमा पछि परेका छन् ।एलजीले जस्तै मोटोरोलाले पनि आफ्ना प्रयोगकर्तालाई १ सय ४४ दिनमा मात्रै नयाँ अपडेट उपलब्ध गराएको थियो । कम्पनीले एन्ड्रोइड १० को अपडेट पनि सार्वजनिक भएको ९८ दिनपश्चात मात्रै उपलब्ध गराएको थियो ।

2021 Moto G Stylus, Power, and Play: big batteries, bigger screens, and low  prices - The Verge

मोटो जी प्रोमार्फत उपलब्ध गराइएको एन्ड्रोइड ११ अन्य सेटमा भने हालसम्म उपलब्ध भएको छैन । तर कम्पनीले एज्ड, रेर, वान, जी सिरिजका स्मार्टफोनमा एन्ड्रोइड ११ उपलब्ध गराउने बताएको छ ।

१०. नोकिया : एन्ड्रोइड १० जम्मा ३६ दिनमा उपलब्ध गराएको नोकियाले एन्ड्रोइड ११ भने लामो समय पश्चात मात्रै उपलब्ध गराएको छ । एन्ड्रोइड ११ अपडेट ट्रयाकरका अनुसार कम्पनीले १ सय ४७ दिनमा मात्रै एन्ड्रोइड ११ को अपडेट उपलब्ध गराएको छ ।

Nokia 8.3 5G review: one of the most affordable 5G phones | T3

नोकिया ८.३ मार्फत उपलब्ध भएको एन्ड्रोइड ११ अन्य सेटमा उपलब्ध गराउने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४