close

आधुनिक शिक्षा प्रणालीको विकास गर्न विशेष कार्यदल बनाउँदै छौं : मन्त्री श्रेष्ठ

टेकपाना टेकपाना

फागुन १७, २०७७ १७:५६

आधुनिक शिक्षा प्रणालीको विकास गर्न विशेष कार्यदल बनाउँदै छौं : मन्त्री श्रेष्ठ

काठमाडाैं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह साेमबार राजधानीस्थित होटल काठमाडौं म्यरियटमा आयोजना गरेको छ । यो कलेज बेलायत स्थित प्रशिद्ध बेडफर्डशाईर विश्व विद्यालयसंग आबद्ध छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बीबीए विषयसँग सम्बन्धित कुल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए । साथै शिक्षा ऐनको संशाेधन गरी आधुनिक शिक्षा प्रणालिको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने पनि बताए ।

यसैगरी समारोहमा एलबीईएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालानले सन् २०१७ मा स्थापित यस कलेजले आफूलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए ।

नेपाली विद्यार्थीहरुका लागि नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने आफ्नो सपनालाई साकार पार्न यस कलेजले ठूलो भूमिका खेलेकाे भनाइ उनले राखे ।

समारोहमा अर्का वक्ता काठमाडाैं विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धिप्रति आफू गौरवान्वित भएको बताए ।

समारोहका विशेष अतिथि एवं एनबिसीसीआई का अध्यक्ष राजेन्द्र खेतानले उत्तीर्ण विद्यार्थीहरुले भोलि कार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने विश्वास व्यक्त गरे ।

यससँगै उनले दिक्षित विद्यार्थीहरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गरे ।

कार्यक्रममा एलबीईएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई. प्रकाशकुमार केजरीवालले स्वागत मन्तव्य व्यक्त गर्दै स्नातक तह उत्तीर्ण वद्यार्थीहरु प्रति खुसी व्यक्त गर्दै आफूलाई गौरव लागेको बताए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एडमिनिस्ट्रेसन विषयहरुला स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फ्युजमेशिन्स नामक कम्पनिसँग् साझेदारी गरी आर्टिफिसियल इन्टेलिजेन्स विषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४