close

अरुको ईसेवा अकाउन्टमा पहुँच पुर्‍याई ठगी गर्ने खड्का पक्राउ

टेकपाना टेकपाना

फागुन २३, २०७७ २२:१०

अरुको ईसेवा अकाउन्टमा पहुँच पुर्‍याई ठगी गर्ने खड्का पक्राउ

काठमाडाैं । ईसेवामा अनधिकृत रूपमा पहुँच पुर्‍याई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दाङ तुल्सिपुर उपमहानगरपालिका-४ घर भई काठमाडौं चाबहिल बस्ने २३ वर्षीय आशिष खड्कालाई पक्राउ गरेको छ ।

उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंमा आइतबार बुझाएको छ । खड्काले पीडितहरूको बारेमा पूर्वजानकारी लिएर उनीहरूलाई भेट्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार विभिन्न बहानामा उनीहरूको कम्प्युटर, ल्यापटप, मोबाइलमा पहुँच पुर्‍याएर उनीहरूको खाताको इमेल र पासवर्ड लिने गर्थे ।

‘उनले अरूको मोबाइल एकछिन चलाउँछु भनेर लिने अनि पासवर्ड, खाता नम्बर लिएर पछि अरूबाट खाता खोलेर पैसा रकमान्तर गर्ने गरेको पाइयो,’ एसपी कोइरालाले भने, ‘त्यसरी चार जनामाथि ठगी गरेको पायौं, अरू हेर्दैछौं।’

उनले विभिन्न व्यक्तिबाट रकम लिने गरेको पाइएको एसपी कोइरालाले बताए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१