close

भोलिदेखि क्यान इन्फोटेक २०२१ को स्पोन्सर र स्टल बुकिङ खुल्दै

टेकपाना टेकपाना

चैत १८, २०७७ १३:१३

भोलिदेखि क्यान इन्फोटेक २०२१ को स्पोन्सर र स्टल बुकिङ खुल्दै

काठमाडौं । २७ औं संस्करणकाे क्यान इन्फाेटेकमा इच्छुक प्रायाेजक र प्रदर्शनीकर्ताले अनलाइनबाटै बुकिङ गर्न सक्ने भएका छन् । आउँदो वैशाख २८ देखि आयोजना हुने इन्फाेटेकका लागि भाेलिदेखि स्पाेन्सर र स्टल बुकिङ खुलाउने तयारी भएकाे छ ।

१० बजेदिखि खुल्ने याे बुकिङमा सूचना प्रविधि क्षेत्रमा व्यवसाय गरिरहेका कम्पनी एवं संस्थाहरू सहभागी हुन सक्छन् । अनलाइनबाटै बुकिङ गर्न क्यान महासंघकाे याे वेबसाइटमा गई त्यहाँ उपलब्ध गराइएकाे जानकारी अनुसार विवरण र रकम भुक्तानी गर्नुपर्छ ।

May be an image of text that says 'pRaBha Info- 2021 27th Technology, Entertainment association with 1 11-16 May, 2021 (बैशाख ज्येष्ठ गतेसम्म २०७८) Bhrikuti Mandap, Exhibition Road, Kathmandu (भृकुटीमण्डप, प्रदर्शनी मार्ग, काठमाडों) Sponsors & Stalls Online Booking Opens from Tomorrow the amount should made the time online booking Terms Booking payment should poki company name amount online booking offline transfer: payment can deposit voucher ansferred using e-banking, rest the attach bank deposit voucher done bank deposit counter advance with your ederation Account maintained Siddhartha Bank Federation of Computer Association Nepal Feeration) POBox: 4982 Khusibu, Kathmandu, Nepal, Tel.: 01-4381070, 4382090 E-mail: Web: www.can. Audio Notice: 1618070700226 Federation'

क्यान इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पेले गरेको छ भने सह शीर्ष प्रायोजकमा वर्ल्डलिंक रहेकाे छ । साथै प्राज्ञिक साझेदारको रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदारमा अल्ट्रा एलईडी रहेका छ ।

प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिन्ट र अफिसियल प्रायोजनका लागि खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवर्द्धनका सामग्रीमा लोगो प्रदर्शनीलगायतका सुविधाहरु पाउने छन् ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

त्यस्तै प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयाेजकले बताएकाे छ ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन्, जसमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी रोजगार केन्द्र मुख्य हुनेछ ।

गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएकाे छ । साथै यस पटकको इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस बनाइने भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३