close

भारतको प्रतिबन्ध र अमेरिकी दबावबीच टिकटक बन्यो सबैभन्दा बढी डाउनलोड हुने एप

टेकपाना टेकपाना

चैत २३, २०७७ १७:३४

भारतको प्रतिबन्ध र अमेरिकी दबावबीच टिकटक बन्यो सबैभन्दा बढी डाउनलोड हुने एप

काठमाडौं । शर्ट भिडियो शेयरिङ एप टिकटकले पछिल्लो समय अनेकौं चुनौतिको सामना गरिरहेको छ । ठूलो बजार भारतमा लागेको प्रतिबन्ध, पाकिस्तानको प्रतिबन्ध अनि फुकुवा र अमेरिकामा प्रतिबन्धको तयारीको सामना गरिरहेको टिकटकको लोकप्रियता भने कम भएको छैन ।

एपहरुको विषयमा अध्ययन गर्दै आएको संस्था एपएन्नीका अनुसार टिकटक अब चाँडै डाउनलोडमा अर्बको आँकडा छुने तयारीमा रहेको छ । एपएन्नीका अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक निरन्तर रुपमा सबैभन्दा धेरै डाउलोड हुने एपको सूचीमा पहिलो नम्बरमा कायम हुन सफल भएको हो ।

App Anne Q1 2021 report

पक्कै पनि मानिसहरुले यसअघि नै फेसबुक र इन्स्टाग्राम डाउनलोड गरिसकेका छन् । मासिक सक्रिय प्रयोगकर्ताको आधारमा हेर्ने हो भने फेसबुकको अधिपत्य कायमै छ ।

यसका बाबजूद पनि टिकटक निरन्तर रुपमा अघि बढिरहेको छ । टिकटक लोकप्रियता सँगै प्रयोगकर्तालाई सक्रिय राख्न पनि सफल भइरहेको छ ।

गत जनवरीमा ह्वाट्सएपले सार्वजनिक गरेको नयाँ नीतिको फाइदा टेलिग्राम र सिंग्नललाई पुगेको देखिन्छ । जसले गर्दा उनीहरु डाउनलोड सूचीमा माथि उक्लिएका छन् । ह्वाट्सएप निरन्तर पछि परिरहेको छ ।

अर्कोतर्फ भारतमा टिकटक माथिको प्रतिबन्धले गर्दा स्थानीय स्तरमा तयार पारिएको शर्ट भिडियो शेयरिङ एप ‘एक्स टकाटक’ को वृद्धि पनि उल्लेख्य रुपमा भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१