close

स्नातकमा चिकित्सा शिक्षाको भर्ना शुल्क खल्ती वालेटबाट तिर्न सकिने

टेकपाना टेकपाना

चैत २४, २०७७ ११:२९

स्नातकमा चिकित्सा शिक्षाको भर्ना शुल्क खल्ती वालेटबाट तिर्न सकिने

काठमाडाैं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाकाे अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल माेबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ ।

चिकित्सा शिक्षा आयाेगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बी पिटी, बी. एन. एस लगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेकाे छ ।

ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयाेगकाे वेबसाइटमा चैत्र ९ गतेदेखि वैशाख  १२ गतेसम्म अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगईन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ ।

खल्तीमा भुक्तानीपछि चिकित्सा शिक्षा आयाेगको वेबसाइटमा गई ट्रान्जेक्सन आईडीको अन्तिमको ६ अंक राखी बाँकी फारम भर्नुपर्नेछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१