close

बालबालिकाको मोबाइल प्रयोगमाथि कसरी ध्यान दिने ? थाहा पाइराख्नुहोस् प्यारेन्टल कन्ट्रोल

टेकपाना टेकपाना

चैत २६, २०७७ ७:१३

बालबालिकाको मोबाइल प्रयोगमाथि कसरी ध्यान दिने ? थाहा पाइराख्नुहोस् प्यारेन्टल कन्ट्रोल

काठमाडौं । अहिलेको समयमा स्मार्टफोन हाम्रो जीवनको अहम हिस्सा बनिसकेको छ । यस्तोमा बालबालिकाहरु पनि स्मार्टफोन र ल्यापटपमा लामो समय बिताइरहेका हुन्छन् ।

सामाजिक सञ्जालदेखि अनलाइन गेमिङको क्रेज तीव्र रुपमा बढ्दो छ । इन्टरनेटमा कयौं गेमहरु छन्, जसले गर्दा बालबालिकामा त्यसको लत लागिसकेको हुन्छ ।

हालै मात्र भारतको कर्नाटकमा पब्जी खेल्ने क्रममा एक १२ वर्षीय बालकको हत्या भएको खबर आएको छ । यस्ता अनलाइन गेम निकै खतरनाक पनि हुनसक्छन् ।

त्यसैले अभिभावकले आफ्ना बालबालिकाको स्मार्टफोन गतिविधिमाथि ख्याल राख्न एकदमै जरुरी छ । यसका लागि गुगल प्ले स्टोरमा प्यारेन्टल टुल उपलब्ध छ ।

आज हामी तपाईंलाई उक्त टुल के हो र कसरी काम गर्दछ भन्ने बारेमा बताउँदै छौं । तपाईंका बालबालिका मोबाइलमा के गररहेका छन् वा के हेरिरहेका छन् भन्ने कुरामा तपाईंले थाहा पाइराख्नुपर्ने हुन्छ ।

बालबालिकाको मोबाइल स्क्रिनमा तपाईंको नजर हुनुपर्ने हुन्छ । यसका लागि तपाईं हरेक समय आफ्ना बालबालिकासँग रहन सक्नुहुन्न ।

त्यसैले यसका लागि प्यारेन्टल कन्ट्रोल टुल बनाइएको हो । जसले तपाईंलाई आफ्ना बालबालिकाको मोबाइल प्रयोगमाथि निगरानी गर्न सघाउँछ ।

प्यारेन्टल कन्ट्रोल टुलको माध्यमबाट बालबालिकाको मोबाइल स्क्रिन टाइमलाई व्यवस्थापन गर्न सकिन्छ । यो टुल एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

यसको सहयोगमा सोसल मिडिया मनिटरिङ, वेब फिल्टरिङ, लोकेसन ट्र्याकिङ, युट्युव भिडियो हेर्ने समय आदिमा निगरानी गर्न सकिन्छ । यस बाहेक बालबालिकाका लागि हानिकारक हुनसक्ने एपलाई ब्लक गर्न समेत सकिन्छ ।

साथै टाइम लिमिट समेत राख्न सक्नुहुन्छ । यसबाट तपाईंले आफ्ना बालबालिकाले मोबाइलमा सबैभन्दा बढी समय के गरेर विताइरहेका छन् भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

जसले यदि तपाईंको बच्चाले कुनै निश्चित गेममा आफ्नो धेरै समय विताइरहेको छ र त्यसको लत लागिसकेको छ भने त्यसबाट छुटाउन सहयोग पुग्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१