close

टेस्लालाई समेत पछि पार्नेगरी विद्युतीय कारमा १ खर्ब २० अर्ब लगानी गर्दै ह्वावे

टेकपाना टेकपाना

बैशाख १, २०७८ १३:३३

टेस्लालाई समेत पछि पार्नेगरी विद्युतीय कारमा १ खर्ब २० अर्ब लगानी गर्दै ह्वावे

काठमाडौं । ह्वावे टेक्नोलोजीले स्वचालित तथा विद्युतीय कार प्रविधिमा एक अर्ब डलर (करिब १ खर्ब २० अर्ब) लगानी गर्ने बताएको छ । विद्युतीय कार उद्योगको क्षेत्रमा टेस्ला र साओमीसँग प्रतिस्पर्धा गर्ने योजनाका साथ ह्वावेले लगानी गर्ने निर्णय गरेको हो । 

ह्वावेको स्वचालित सवारीसाधन प्रविधिले यसअघि नै टेस्लालाई कतिपय पक्षमा पछाडि पारिसकेको छ । उदाहरणका लागि यो कारले मानिसको हस्तक्षेपबिना नै एक हजार किलोमिटर भन्दा लामो दूरी सजिलै चल्न सक्छ ।

यो स्वचालित कार निर्माणका लागि प्रारम्भमा ह्वावेले तीनवटा अटो निर्माणकर्ता कम्पनीहरुसँग साझेदारी गरेको थियो । जसमा सबब्राण्डको रुपमा ह्वावेको नाम प्रयोग गरिएको थियो ।

ती तीनै कम्पनीहरुमा बीएआईसी ग्रुप, चोङकिङ चाङगान अटोमोबाइल कम्पनी तथा गोन्झाओ अटोमोबाइल ग्रुप रहेका छन् । कूल एक अर्ब डलर पूर्णरुपमा ह्वावेकै लगानी हुने स्मार्ट कार निर्माण समूहका अध्यक्ष एरिक झुले बताएका छन् ।

ट्रम्प प्रशासनको प्रतिबन्धका कारण स्मार्टफोन व्यवसायमाथि गम्भिर धक्का लागेपछि ह्वावे अहिले विद्युतीय कार उद्योगतिर्फ विस्तारित हुन लागेको हो । चीनले प्रत्येक वर्ष तीन करोडभन्दा धेरै कार भित्र्याउँदै आएको (संख्या बढ्ने क्रममा) तथ्याङ्कलाई मध्येनजर गर्दै ह्वावेले घरेलु बजारमा अवसर खोजेको हो ।

चीनमा प्रत्येक कारबाट औषत दश हजार यूआनमात्र आर्जन गर्नसके पनि ह्वावेका लागि ठूलो व्यवसाय बन्नसक्ने उसको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१