close

५० जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बन्दै, सातै प्रदेशको कन्ट्रोल काठमाडौँबाट

टेकपाना टेकपाना

बैशाख २, २०७८ ८:३६

५० जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बन्दै, सातै प्रदेशको कन्ट्रोल काठमाडौँबाट

काठमाडौं । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन बन्ने भएका छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ । चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ । काठमाडौँ उपत्यकामा सातवटा चार्जिङ स्टेसन राखिनेछन् ।

प्रदेश १ का झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा, प्रदेश २ को पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबासर सप्तरीको राजविराज गरी सात वटा चार्जिङ स्टेसन स्थापना हुनेछ ।

त्यस्तै बागमती प्रदेशको धादिङको मलेखुमा दुई, बीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौँडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुग्लिन/कुरिनटारमा चार र काभ्रेकाे बनेपामा एउटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछ ।

गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एक/एक र कास्कीको पोखरामा तीन गरी छवटा चार्जिङ स्टेसन रहने छन् ।

लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्जमा एक, दाङको भालुवाङ तथा दाङमा एक/एक, रुपन्देहीको बुटवलमा एक, नवलपरासीको बर्दघाट/सुनवलमा दुई गरी आठवटा र कर्णाली प्रदेशमा सुर्खेतमा एक तथा सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक/एक गरी सुदूरपश्चिममा तीनवटा चार्जिङ स्टेसन रहनेछन् ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१