close

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

टेकपाना टेकपाना

बैशाख ३, २०७८ १९:४२

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडाैं । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जीएसएम सेवाको विस्तार गरेको छ ।

करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको उक्त सेवामार्फत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौं यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।

करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो । त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट वन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपान्सनमार्फत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको उल्लेख छ ।

त्यसैगरी हाल जीएसएम प्रविधि मार्फत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाँउबाट वायर लाइन सेवाअन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पीएसटीएन ल्याण्डलाइन सेवासहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।

उनका अनुसार यो सेवामार्फत वायरलेस र वायरलाइन दुवै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरी सञ्चालन गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१