close

युरोपमा दूरसञ्चार सेवा दिँदै आएको चौधरी ग्रुपको कम्पनी मोल्डसेल २२औं वर्षमा

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १८:४७

युरोपमा दूरसञ्चार सेवा दिँदै आएको चौधरी ग्रुपको कम्पनी मोल्डसेल २२औं वर्षमा

काठमाडौं । नेपालको चौधरी ग्रुपअन्तर्गतको दूरसञ्चार कम्पनी मोल्डसेलले २१ वर्ष पुरा गरेको छ । युरोपेली मुलुक मोल्दोभामा रहेको यो मोबाइल सेवाप्रदायक कम्पनीमा पूर्ण लगानी विनोद चौधरीको सीजी ग्रुपको छ ।

माेल्डसेल त्यहाँकाे दाेस्राे ठूलाे दूरसञ्चार कम्पनी हाे । चाैधरी ग्रुपअन्तर्गत सीजी कर्प ग्लोबलले गत वर्षको फेब्रुअरीमा स्विडिस कम्पनी टेलियाबाट मोल्डसेलको शतप्रतिशत स्वामित्व खरिद गरेको थियो ।

उसले तीन करोड ११ लाख अमेरिकी डलर अर्थात करिब तीन अर्ब ७३ करोड २० लाख रुपैयाँमा माेल्डसेल खरिद गरेको थियो ।

नेपालमा दूरसञ्चार सेवाका लागि अनुमतिपत्र पाउन अयोग्य ठानिएको चौधरी ग्रुपले मोल्दोभामा भने आफ्नो पूर्ण लगानीमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ ।

२१ वर्ष पुरा भएकाे अवसरमा चाैधरी ग्रुपअन्तर्गत सीजी कर्प ग्लोबलले ट्वीट गर्दै भनेकाे छ, ‘मोल्दाेभामा माेल्डसेलले आफ्नो २१ औं वार्षिकोत्सव मनाइरहेको छ । गत वर्ष नयाँ रणनीति, डिजिटल नेतृत्व र ह्युमन फेस फिलाेसाेपीसहित व्यवसायकाे सुरूवात उल्लेखनीय थियो । सम्पूर्ण टिमलाई बधाई छ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१