close

माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ता साढे १४ करोड पुगे

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १५:९

माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ता साढे १४ करोड पुगे

काठमाडौं । माइक्रोसफ्टको भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म ‘टिम्स’ का प्रयोगकर्ता १४ करोड ५० लाखभन्दा बढी पुगेका छन् ।

गत वर्ष महामारीको रुपमा देखापरेको कोभिड १९ का करण भिडिओ कन्फ्रेन्सिङ एप जुम, टिम्स, गुगल मिट्सजस्ता प्लेटफर्मको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ ।

यसअघि गत अक्टुबरमा टिम्सको दैनिक सक्रिया प्रयोगकर्ता ११ करोड ५० लाख रहेका थिए । त्यसमा उल्लेख्य वृद्धि हुँदै हाल १४ करोड ५० लाखको आँकडा छुन सफल भएको हो ।

कम्पनीका अनुसार महामारीभन्दा अघि टिम्सका प्रयोगकर्ता ३ करोड २० लाख थिए । विश्वव्यापी लकडाउन सुरु भएसँगै दैनिक प्रयोगकर्ता १५ दिनको अवधिमै बढेर ७ करोड ५० लाखभन्दा बढी भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१