close

स्मार्टफोन प्रयोगकर्ताको गोप्य डेटा चोर्न ‘फ्लुबोट’ माल्वेयर, बच्ने कसरी ?

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १३:४९

स्मार्टफोन प्रयोगकर्ताको गोप्य डेटा चोर्न ‘फ्लुबोट’ माल्वेयर, बच्ने कसरी ?

काठमाडौं । एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई निशाना बनाउँदै हाल टेक्स्ट म्यासेजबाट नयाँ किसिमको माल्वेयर फैलिरहेको छ । ‘फ्लुबोट’ नामले चिनिने उक्त माल्वेयरले विशेषगरी बेलायत र युरोपका स्मार्टफोन प्रयोगकर्ताहरुलाई निशाना बनाइरहेको विभिन्न रिपाेर्टले उल्लेख गरेका छन् ।

प्रयोगकर्ताहरुलाई कुनै प्याकेज डेलिभरी मिस्ड गरेको जस्तो गरी झुक्याएर ती म्यासेज एन्ड्रोइड स्मार्टफोनमा आउने गर्दछन् । त्यसपछि प्रयोगकर्ताहरुलाई म्यासेजभित्रको लिङ्कबाट ‘मिस्ड प्याकेज डेलिभरी’ एप डाउनलोड गर्न लगाउँदछ ।

वास्तवमा याे एक किसिमको स्पाईवेयर एप हुनेछ । एकपटक इन्स्टल भइसकेपछि त्यसले डिभाइसभित्रका बैंकिङ जानकारी, क्रेडेन्शियल, पासवर्ड तथा अन्य व्यक्तिगत जानकारी संकलन गर्ने अनुमति पाउँदछ । 

साथै यो एपले कम्प्रोमाइज्ड भएको डिभाइसभित्रको फोन कन्ट्याक्ट बुकमा भएका सबैलाई सोही म्यासेज पठाउँदै माल्वेयर फैलाउँछ ।

अधिकांश म्यासेजहरु कुनै पनि डेलिभरी कम्पनी जस्तै डीएचएल, यूपीएस, अमेजन तथा रोयल मेलबाट आएको जस्तो देखिन्छ ।

टेक्स्ट म्यासेजबाट हुने यस्ता किसिमको सोसल इन्जिनियरिङ फिशिङले हाल एन्ड्रोइड मात्र होइन आईओएस लगायतका फोनहरुलाई पनि कम्प्रोमाइज्ड गरिरहेको छ ।

प्रुफप्वाइन्ट साइबर सेक्युरिटीका अनुसन्धानकर्मीहरूका अनुसार हालसम्म फ्लुबोट एन्ड्रोइड माल्वेयरले बेलायतमा मात्र सात हजारभन्दा धेरै डिभाइसहरुलाई कम्प्रोमाइज्ड गरिसकेकाे छ । 

फ्लुबोट माल्वेयरबाट कसरी मुक्त हुने ?

यदि आफ्नो डिभाइस पनि कम्प्रोमाइज्ड भएको जस्तो तपाईंलाई लाग्छ भने सकेसम्म चाँडाे डिभाइसको फ्याक्ट्री रिसेट गरिहाल्नुहोस् । फ्याक्ट्री रिसेट गर्ने तरिका स्मार्टफोन कम्पनी र भर्सन अनुसार फरक पर्न सक्छ । तर यदि तपाईंको स्मार्टफोनका डेटाहरुको ब्याकअप छैन भने तपाईंले डेटा गुमाउनु हुनेछ । ्डिर

भाइस रिसेट गरेपछि ब्याकअप रिस्टोरका लागि तपाईंलाई अप्सन आउन सक्छ । यस्तो बेला ब्याकअप रिस्टोर नगर्नुहोस् किनभने तपाईंको डिभाइसमा त्यो माल्वेयरबाट प्रभावित भएको एप पनि डाउनलोड हुनेछ ।

यति गरिसकेपछि सम्पूर्ण पासवर्डहरु पनि नयाँ राख्नुहोस् । पासवर्ड परिवर्तन गर्दा पुरानो कदापि प्रयोग नगर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१