close

सामाजिक सञ्जालमा दुर्व्यवहार भोगेकी पत्रकारको कथा

टेकपाना टेकपाना

बैशाख २१, २०७८ २१:२३

सामाजिक सञ्जालमा दुर्व्यवहार भोगेकी पत्रकारको कथा

काठमाडौं । केही समयअघि बेलायतमा एक खेलकुद पत्रकारले भाेगेकाे अनलाइन दुर्व्यवहारकाे घटनाले निकै चर्चा बटुलिरहेकाे छ ।

चर्चित खेलकुद पत्रकार क्यारेन कार्ने अनलाइन उत्पीडनकाे शिकार बन्दा बेलायतका फुटबल क्लबहरू, खेलकुदसँग सम्बन्धित संघसंस्थाहरू र व्यक्तिहरू एक ढिक्का बने र ४ दिनसम्म सामाजिक सञ्जाल नै बहिष्कार गर्ने निर्णयमा पुगे ।

फुटबल क्लब लिड्स यूनाइटेडले पत्रकार कार्नेकाे कमेन्टलाई आधार बनाएर उनलाई ‘पण्डित’ भन्दै ट्वीटरमा प्रश्न गरेपछी घटनाले रूप लिएकाे थियाे । परिणामस्वरूप उनले आफ्नो ट्वीटर अकाउन्ट नै डिलिट गर्नुपरेको थियो ।

तर आफूमाथि भएको असरलाई ती सामाजिक सञ्जाल कम्पनीहरुले कहिल्यै बुझ्न नसक्ने उनले बताइन् । उनले चर्चित टेलिभिजन प्रस्ताेता क्यारोलिन फ्ल्याकको उदाहरण दिँदामात्र साेसल मिडिया कम्पनीहरुले यो कुरा बुझ्ने तर्क गरिन् ।

‘मैले उनीहरुलाई मेरो पीडा बुझाउने एउटै मात्र तरिका भनेको के उनीहरु अर्को क्यारोलिन फ्ल्याक चाहन्छन् भनेर प्रश्न गर्नु मात्र हो,’ कार्नेले बीटी स्पोर्टलाई भनिन् ।

लभ आइल्याण्ड कार्यक्रमकी पूर्वप्रस्तोता स्व. फ्ल्याकले पनि अनलाइन उत्पीडनकै कारण गत वर्ष फेब्रुअरीमा ४० वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । आत्महत्याअघि उनले इन्स्टाग्राममा मिडिया प्रयोगकर्ताहरुलाई कहिल्यै पनि निर्दयी नबनिदिन आग्रह गरेकी थिइन् ।

‘यो अनलाइन उत्पीडन र यसले ममाथि पारेको असरले मलाई धेरै परिवर्तन गरिदिएको छ । मैले यो अन्य धेरै ‘पण्डित’ हरुसँग देखेको छु । म मेरो बारेमा मात्र कुरा गरिरहेकी छैन,’ कार्नेले भनिन् ।

उनले लिड्स यूनाइटेडले विपक्षीहरुलाई पछाडि छाडेको र कोभिड १९ महामारीमा प्रतिस्पर्धीलाई आराम गर्न लगाएपछि अन्तिम सिजनको आफ्नो च्याम्पियनशिप प्रोमोसनलाई अगाडि लग्न सघाएको भन्दै टिप्पणी गरेकी थिइन् ।

अमेजन प्राइमबाट प्रसारण भएको लिड्स र वेस्ट ब्रुमबीचकाे खेलमा ५-० गाेलअन्तर परिणाम निस्किएपछि उनले त्यस्तो टिप्पणी गरेकी थिइन् ।

कार्नेले आफू सामाजिक सञ्जालमा विवादित बन्न तथा नकरात्मक टिप्पणीको शिकार हुन नचाहँदा नचाहँदै पनि शिकार हुनुपरेको बताइन् ।

ती हमला एक घण्टा वा एक दिनको लागि थिएन । त्यो धेरै दिनसम्म चलेको थियो र अझै पनि मानिसहले आफूलाई नकारात्मक सन्देशहरु पठाउने गरेको बताइन् ।

क्यारेन कार्नेको यस्तो खुलासापछि हाल फुटबल क्लब, खेलाडी, एथलेट तथा विभिन्न स्पोर्टीङ बडीहरु अहिले सामाजिक सञ्जालको चारदिने बहिष्करणमा सहभागी भएका छन् । सामाजिक सञ्जाल प्लेटफर्महरुमा उत्पीडन र भेदभावविरुद्ध ३० अप्रिलेदेखि सुरु यो अभियान मे ३ सम्म चलेकाे थियाे ।

‘हाल म सामाजिक सञ्जाल प्लेटफर्मसँग धेरैवटा सरकारी स्तरीय सम्पर्कमा जोडिएकी छु । तर उनीहरुले यी कुराहरु बुझ्दैनन्,’ उनले भनिन् ।

‘सोसल मिडियाका इन्चार्जहरु हामी यसो गर्दैछौं, त्यसो गर्दैछौं भनेर भन्छन् । तर उनीहरु यी कुराहरु बुझ्दैनन्,’ उनले थपिन् । 

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१