close

इन्टरनेटको शुल्क नबुझाए पनि निषेधाज्ञाभर सेवा अवरुद्ध नहुने*

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १५:३१

इन्टरनेटको शुल्क नबुझाए पनि निषेधाज्ञाभर सेवा अवरुद्ध नहुने*

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले जारी गरेको निषेधाज्ञा अवधिभर इन्टरनेटको शुल्क नबुझाए पनि सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई आग्रह गरेको छ । प्राधिकरणले सेवा प्रदायकलाई निषेधाज्ञा अवधिभर इन्टरनेट निरन्तर सञ्चालन हुने व्यवस्था गर्न निर्देशन समेत दिने भएको हो ।

हाल कोरोना भाइरसको दोस्रो चरणको संक्रमण काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागमा फैलिरहेकाले नेपाल सरकारले ४१ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरेकाे छ । यस्तो अवस्थामा इन्टरनेटको माग दिनहुँ बढ्दाे छ ।

प्राधिकरणले भनेको छ, ‘घरभित्र बस्नुपर्दा सेवाग्राहीले पैसा तिर्न सकिरहेका छैनन् । यस्तोमा सेवाप्रदायकले इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध गरिरहेको गुनासो आएको छ ।’

त्यसैले सेवाप्रदायकले सकेसम्म अनलाइन भुक्तानीको व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको छ । त्यस्तै सर्भिस सेन्टरमार्फत दूरी कायम गरी ग्राहकलाई सहज हुने गरी सेवा दिन पनि प्राधिकरणले भनेको छ । यदि यो पनि सम्भव नभएको खण्डमा निषेधाज्ञाभर सेवा अवरुद्ध नगर्न प्राधिकरणले सेवाप्रदायकलाई आग्रह गरेको हो ।

*प्राधिकरणले इन्टरनेट अवरुद्ध नहुनेगरी जारी गरेको सूचना आफ्नो वेबसाइटबाटै हटाएका कारण समाचार त्यसैअनुसार सच्याइएको छ । सम्पादक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१