close

मोबाइलका लागि निःशुल्क ५ भिडिओ एडिटर एप, जसमा हुने छैन वाटरमार्क

टेकपाना टेकपाना

बैशाख २५, २०७८ २१:४

मोबाइलका लागि निःशुल्क ५ भिडिओ एडिटर एप, जसमा हुने छैन वाटरमार्क

काठमाडौं । तपाईं पनि भिडिओ एडिटिङको काम गर्नुहुन्छ र वाटरमार्क नदेखिने एपहरुको खोजीमा हुनुहुन्छ भने आज हामी तपाईंलाई यस्ता ५ निःशुल्क तर उत्कृष्ट एन्ड्रोइड भिडिओ एडिटिङ एपका बारेमा बताउँदै छौं । 

१. भीएन भिडिओ इडिटर 

यो एप लाेकप्रिय छ । सबैभन्दा पहिलो कुरा त यसमा वाटरमार्क आउँदैन । अनि अर्को फाइदा यसमा कुनै विज्ञापन आउँदैन । यसमा एस्पेक्ट रेसियो अप्सन पनि राखिएको हुन्छ । आफूलाई कस्तो भिडिओ बनाउनु छ, त्योअनुसार चयन गर्न सकिन्छ ।

यसको युजर इन्टरफेस पनि एकदमै राम्रो र सफा छ । यसमा प्रो भिडिओ एडिटिङ फिचर पनि छन् । जस्तै मल्टि; ट्रयाक एडिटिङ, क्रप सिफ्टिङ आदि ।

साथै यसमा इफेक्ट तथा ब्याकग्राउण्ड परिवर्तनका लागि इफेक्ट, क्रप, कपी, ट्रिम, फिल्टर सबै कुरा पाउन सकिन्छ । यसले अटोमेटिक टेम्प्लेटसमेत प्रदान गर्दछ । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

२. क्विक 

भिडिओ एडिटङमा वाटरमार्क नलगाउने अर्को एप हो, क्विक । विशेषगरी भिडिओ एडिटिङमा खासै प्रो नभएका वा भर्खरै सुरु गर्नेहरुका लागि यो एकदमै राम्रो एप हो । इन्स्टा, युट्युवमा स्टोरी राख्नेहरुका लागि यो अझ ठीक हुन्छ ।

जब तपाईं कुनै भिडिओ एड गर्नुहुन्छ, यसमा सुरुमै केही टेम्प्लेटहरु राखिएका हुन्छन् । जसले तपाईंलाई भिडिओ एडिटिङ गरेर दिन्छ ।

तर तपाईं आफै गर्न चाहनुहुन्छ भने माथि भिडिओ एडिटिङका अप्सन पनि हुन्छ । यो एप एकदमै सजिलो छ । वास्तवमा बिगिनर्सका लागि यो राम्रो विकल्प हाे । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

३. भीएलएलओ 

यस एपमा वाटरमार्क र एड दुवै पाइन्न । हेर्दा यो अलिक प्रो देखिन्छ । जब तपाईं कुनै भिडिओ वा प्रोजेक्ट एड गर्नुहुन्छ, तब यसको इन्टरफेस एकदमै प्रिमियम र एडभान्स लाग्न थाल्छ ।

यसमा पनि एस्पेक्ट रेसियोको अप्सन छ र मनपरेको रेजाेलुसन सेट गर्न सकिन्छ । यसबाहेक यसमा भ्वाइसओभर वा रेकर्डिङका अप्सन छन् । यसमा अन्य धेरै राम्रा टुलहरू छन् । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

४. बीकट

यो पनि निःशुल्क भिडिओ एडिटिङका राम्राे एप हो । यसको इन्टरफेस एकदमै सजिलो छ । सुरुमै एस्पेक्ट रेसियो सेलेक्ट गर्न सकिन्छ । एपमा धेरै किसिममा राम्रा टुलहरु छन् ।

भिडिओलाई विभिन्न तरिकाले एडिट गर्न सकिन्छ । जसअन्तर्गत फिल्टर, मल्टिपल ट्रान्जिसन, म्युजिक, फाइन ट्युन धेरै कुराकाे विकल्प छन् । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

५. युकट 

यो पनि धेरैले रूचाएकाे एप हो । नि:शुल्क भए पनि यसमा एकदमै धेरै फिचर छन्, जुन तपाईंले सजिलै प्रयोग गर्न सक्नुहुन्छ । यसमा विभिन्न तरिकाले तपाईंले भिडिओ एडिट गर्न सक्नुहुन्छ । एपमा भिडिओ क्रप, फ्लिप, रेकर्ड सबै गर्न मिल्छ । 

याे एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१