close

त्रिविमा परीक्षा आवेदन अनिश्चितकालका लागि स्थगित

टेकपाना टेकपाना

बैशाख २८, २०७८ २१:४५

त्रिविमा परीक्षा आवेदन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन स्थगित गरेको छ ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम भर्ने समय स्थगित भएको जानकारी दिएको हाे ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको काेभिड- १९ को दोस्रो लहरको प्रकोपबाट सम्पूर्ण मुलुक आक्रान्त भइरहेको अवस्थामा यसअघि प्रकाशित सूचनाअनुसार तय भएको परीक्षा आवेदन भर्ने समय स्थगित भएकाे साे सूचनामा उल्लेख छ ।

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४