close

कहिले आउँदै छ आईफोन १३ ?

टेकपाना टेकपाना

जेठ १०, २०७८ १२:४२

कहिले आउँदै छ आईफोन १३ ?

काठमाडौं । एप्पलले हरेक वर्ष प्रयोगकर्तामाझ लोकप्रिय रहेको आईफोनको नयाँ संस्कण सार्वजनिक गर्दै आएको छ । एप्पलले सामान्यतया हरेक अंग्रेजी वर्षको सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ ।

तर यस वर्ष कहिले आईफोन सार्वजनिक हुन्छ भन्ने बारेमा एप्पलले अहिलेसम्म केही बताएको छैन । एप्पलले यसै वर्षको अप्रिल महिनामा एउटा कार्यक्रम आयोजना गर्दै नयाँ आईप्याड, आइम्याक र अन्य केही डिभाइसहरु सार्वजनिक गरेको थियो ।

तर, प्रयोगकर्तामाझ एप्पलले आईफोनको नयाँ मोडल कहिले सार्वजनिक गर्छ भन्ने उत्सुकता बाँकी नै छ । विभिन्न जानकारहरुले गरेको अनुमान अनुसार यो वर्ष पनि सेप्टेम्बर महिनाको अन्त्यमा आईफोन सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

यो अनुमान आईफोन निर्माणको लागि जिम्मा दिइएको कम्पनीहरुको भित्रि स्रोतलाई आधार मानेर गरिएको हो । आईफोनको लागि आवश्यक पर्ने चीप निर्माणको काम तालिका भन्दा अगाडि नै सकिएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले सार्वजनिक गरेका छन् ।

यदि यो खबरमा सत्यता भएको खण्डमा प्रयोगकर्ताहरुले सेप्टेम्बर महिनामै आईफोनको नयाँ संस्करणको स्वरुप देख्न पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१