close

देशका सबै मालपोत कार्यक्रममा मेरो कित्ता कार्यक्रम, घरबाटै जग्गा दर्ता र नामसारी गर्न सकिने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:१९

देशका सबै मालपोत कार्यक्रममा मेरो कित्ता कार्यक्रम, घरबाटै जग्गा दर्ता र नामसारी गर्न सकिने

काठमाडौं । सरकारले मेरो कित्ता कार्यक्रमलाई देशैभरका मालपोत कार्यालयमा विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जग्गासँग सम्बन्धित सेवा विद्युतीय प्रणालीबाट गरिने जानकारी दिएका छन् ।

‘सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासनसँग सम्बन्धित सेवा विस्तार गरी सेवाग्राहीले घरबाटै जग्गा दर्ता र नामसारी जस्ता सेवा लिन मिल्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

आउँदो आवमा कित्ता नापी, नक्सा, फिल्डबुक, प्लट रजिस्ट्रेसन सम्बन्धी सेवा विद्युतीय माध्यमबाट दिने गरी मेरो कित्ता कार्यक्रम देशैभर विस्तार गरिने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३