close

युट्युवका भिडिओबाट अब ६० सेकेण्डसम्मको क्लिप शेयर गर्न सकिने

टेकपाना टेकपाना

जेठ १९, २०७८ १६:४१

युट्युवका भिडिओबाट अब ६० सेकेण्डसम्मको क्लिप शेयर गर्न सकिने

काठमाडौं । गुगलको स्वामित्वमा रहेको युट्युवले स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ फिचर उपलब्ध गराउने तयारी गरेकाे छ । ड्रोइडमेडको रिपोर्ट अनुसार हाल युट्युवले एन्ड्राेइड फाेनका लागि दुई नयाँ फिचर परीक्षण गरिरहेको छ ।

यसअन्तर्गत अब स्मार्टफाेनमा पनि लुप भिडिओकाे फिचर प्रयाेग गर्न पाइने भएकाे छ । यो फिचर डेस्कटप भर्सनमा उपलब्ध भइसकेको छ भने अब एन्ड्राेइड प्रयाेगकर्ताका लागि पनि सार्वजनिक हुन लागेकाे हाे ।

Smartphone users, these are two new features YouTube is adding for you -  Times of India

त्यस्तै युट्यवले ल्याउन लागेकाे अर्को फिचर हाे, भिडिओ क्लिप । यसअन्तर्गत ‘क्लिप’ टुल प्रयोग गरी एन्ड्रोइड प्रयोगकर्ताले कुनै पनि भिडिओबाट ६० सेकेण्डको भिडिओ क्लिप सहजै निकाल्न सक्नेछन् ।

जसले गर्दा कुनै पनि भिडियोमा रहेको महत्वपूर्ण वा चाहेकाे भाग सहजै शेयर गर्न सकिने छ ।

यी फिचर परीक्षणकै क्रममा छन् । प्रयोगकर्तामाझ कहिले उपलब्ध हुन्छ भन्ने विषय भने कुनै जानकारी उपलब्ध भइसकेकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३