close

मोबाइलको कन्ट्याक्ट्समा सेभ भएको नम्बर देखिएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ २३, २०७८ १०:५९

मोबाइलको कन्ट्याक्ट्समा सेभ भएको नम्बर देखिएन ? यसो गर्नुहोस्

काठमाडौं । कहिले काहिँ फोन बिग्रिन पुग्छ । त्यसो त मोबाइल हराउने वा चोरी हुने भइरहेको हुन्छ । यस्तोमा हामीलाई सबैभन्दा बढी चिन्ता हुने विषय बन्छ, त्यसमा भएको कन्ट्याक्ट्स ।

फोनमा कयौं यस्ता कन्ट्याक्ट्स हुन्छन्, जसलाई सजिलै प्राप्त गर्न सकिँदैन । त्यस्ता सम्पर्क नम्बर हराउँदा निकै अफसोच महसुस हुने गर्दछ । आज हामी तपाईंको यस किसिमको समस्याबाट पार पाउन सकिने टिप्स बताउँदै छौं ।

यसरी फेला पार्नुहोस् हराएको कन्ट्याक्ट्स

यदि तपाईंको मोबाइलमा जिमेल एप छैन भने सबैभन्दा पहिला त्यसलाई डाउनलोड गर्नुहोस् र लगईन गर्नुहोस् । यति गरिसकेपछि बायाँ साइडमा तल अन्तिमतिर रहेको गुगल एप्सभित्रको कन्ट्याक्स रोज्नुहोस् ।

यदि तपाईंको मोबाइलमा गुगलको कन्ट्याक्ट्स एप छैन भने डाउनलोड गर्ने स्थानमा पुग्नुहुनेछ । गुगलको यो एपलाई आफ्नो मोबाइलमा भएको कन्ट्याक्ट्समा पहुँच दिनुहोस् ।

यससँगै तपाईंको गुगलमा भएका सबै कन्ट्याक्ट्स देखिनेछन् । त्यहाँबाट तपाईंले कन्ट्याक्ट्सको ब्याकअप बनाउन सक्नुहुन्छ । तर यसका लागि तपाईंको मोबाइलमा भएका कन्ट्याक्ट्सलाई जिमेलसँग सिंक गराउन जरुरुी हुन्छ ।

यसका लागि सबैभन्दा पहिला आफ्नो फोनको सेटिङमा जानुहोस् । त्यहाँ रहेको अकाउन्ट्स एन्ड सिंकभित्र प्रवेश गर्नुहोस् । अब त्यहाँ रहेको गुगललाई छनौट गर्नुहोस् । त्यसभित्र तपाईंले आफ्नो जिमेल अकाउन्ट देख्न सक्नुहुनेछ ।

त्यसमा ट्याप गर्नुहोस् र भित्र रहेको कन्ट्याक्ट्समा टिक लगाउनुहोस् । यति गरिसकेपछि तल अन्तिममा रहेको तीन वटा थोप्ला भएको मोर बटनमा जानुहोस् र सिंक नाउ गर्नुहोस् । यो सेटिङ मोबाइल अनुसार फरक पर्न सक्छ । यति गरेपछि तपाईंको फोनमा रहेका सबै सम्पर्क नम्बर स्वतः तपाईंको जिमेलसँग सिंक हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३