close

क्रोम ९२ को बेटा भसर्न सार्वजनिक, यसरी गर्नुहोस डाउनलोड

टेकपाना टेकपाना

जेठ २४, २०७८ २०:२५

क्रोम ९२ को बेटा भसर्न सार्वजनिक, यसरी गर्नुहोस डाउनलोड

काठमाडौं । पछिल्लो समय गुगलले क्रोमको नयाँ भर्सन छोटा–छोटो समय अवधिमा ल्याइरहेको छ । हरेक ६ महिनामा कम्पनीले मेजर भर्सन प्रयोगकर्तामाझ उपलब्ध गराइरहेको छ । यसैक्रममा कम्पनीले नयाँ भर्सनको रुपमा क्रोम ९२ बेटा भर्सनको रुपमा सार्वजनिक गरेको छ ।

नयाँ भर्सन प्रयोगकर्ताले यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नेछन् । तर, यो एन्ड्रोइड भर्सनका लागि मात्रै उपलब्ध छ । नयाँ अपडेटमा तपाईंले केही नयाँ फिचर प्राप्त गर्नुहुनेछ ।

जसमा फाइल व्यवस्थापनका लागि नयाँ एपीआई उपलब्ध छ । यो भसर्नको क्रोम पहिलो चरणमा मोबाइल भसर्नमा उपलब्ध हुनेछ भने विस्तारै वेब भर्सनमा उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१