close

अमेजन, रेडिट जस्ता विश्वका ठूला वेबसाइट नै डाउन

टेकपाना टेकपाना

जेठ २५, २०७८ १६:४७

अमेजन, रेडिट जस्ता विश्वका ठूला वेबसाइट नै डाउन

काठमाडौं । विश्वका धेरै जसो ठूला वेबसाइट डाउन भएका छन् । जसमा अमेजन, रेडिट, ट्विच लगायतका वेबसाइट रहेका छन् । त्यतिमात्रै नभए बेलायत सरकारका सम्पूर्ण वेबसाइट समेत बन्द भएका छन् ।

साथै विश्वका ठूला सञ्चार माध्यमका वेबसाइटमा पनि समस्या आएको छ । बीबीसीको यूके भर्सनको वेबसाइट बन्द भएको छ । अन्य मिडियाका साइट पनि बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

त्यस्ता वेबसाइटमा हाल ‘इरर ५०३ सर्भिस अनअभाइलेबल’ भनेर म्यासेज डिस्प्ले भइरहेको छ । यसको एकिन कारण भने हालसम्म बाहिर आइसकेको छैन । तर, प्रारम्भिक अनुमान अनुसार यो फास्टलीमा आएको समस्या हो । फास्टली क्लाउड कम्प्युटिङ सर्भिस प्रोभाइडर हो । जसमा धेरै विश्वका कयौं ठूला वेबसाइट होस्ट गरिएका छन् ।

फास्टलीले कन्टेन्ट डेलिभर नेटवर्कमा समस्या आउँदा यस्तो भएको बताएको छ । कम्पनीले हाल यस विषयमा थप अध्ययन भइरहेको समेत उल्लेख गरेको छ । यसको असर हाल उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, एसिया, दक्षिण अफ्रिका र भारतमा परेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१