close

फाइभजी प्रविधि सुरक्षित छ भनेर प्रमाणित गरिनुपर्छ : जुही चावला

टेकपाना टेकपाना

जेठ २६, २०७८ २०:२७

फाइभजी प्रविधि सुरक्षित छ भनेर प्रमाणित गरिनुपर्छ : जुही चावला

काठमाडौं । बलिउड अभिनेत्री जुही चावलाले फाइभजी प्रविधि सुरक्षित छ भनेर प्रमाणित गर्न सरकारसँग माग गरेकी छन् । गत शुक्रबार उनले दिल्ली उच्च अदालतमा दायर गरेको मुद्दा खारेज भएपछि पहिलाेपटक अभिव्यक्ति दिँदै आफू फाइभजी विरूद्द नरहेको, तर याे सुरक्षित छ भनेर सरकारले प्रमाणित गर्नुपर्ने भनाइ राखेकी हुन् ।

गर्भवती महिला, बच्चा, बुढाबुढी र प्रकृतिका लागि यो सुरक्षित छ भनेर प्रमाणित गर्न उनले आग्रह गरेकी छन् । ट्वीटरमा भिडिओ पोस्ट गर्दै उनले फाइभजीकाे सुरक्षासम्बन्धी भएका अनुसन्धानहरू सार्वजनिक गर्न पनि माग गरेकी छन् ।

यसअघि ‘पब्लिसिटी’ का लागि कानूनकाे गलत प्रयाेग गरी मुद्दा दर्ता भएकाे ठहर गर्दै अदालतले शुक्रबार चावलाको मुद्दा खारेज गरिदिएकाे थियाे । साथै अदालतकाे अमूल्य समय खेर फालेकाे ठहर गर्दै उल्टै निवेदकलाई २० लाख भारू जरिवाना ताेकिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१