close

५८ लाखभन्दा बढी डाउनलोड भएका यी एप, जसले चोर्दै छन् तपाईंको फेसबुक पासवर्ड

टेकपाना टेकपाना

असार २०, २०७८ ११:३३

५८ लाखभन्दा बढी डाउनलोड भएका यी एप, जसले चोर्दै छन् तपाईंको फेसबुक पासवर्ड

काठमाडौं । गुगलले हालै गुगल प्ले स्टोरबाट ९ वटा एप हटाएको छ । ५८ लाखभन्दा बढी डाउनलोड भएका यी एपले फेसबुक प्रयोगकर्ताको लगइन डिटेल (युजर नेम र पासवर्ड) चोरी गरिरहेको पाइएपछि प्ले स्टाेरबाट हटाइएको हो ।

यी एपले सक्रिय प्रयोगकर्ताको कमजोरी पहिल्याउँदै उनीहरूको फेसबुकको जानकारी संकलन गरेकाे पाइएकाे थियाे । ती एप चलाउन पहिले फेसबुकबाट लगइन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरी प्रयाेगकर्ताकाे युजरनेम र पासवर्ड संकलन भएकाे रसियाली साइबर सुरक्षा अनुसन्धान संस्था डाक्टर वेबले बताएको जनाएकाे छ ।

Android Apps with 5.8 million Installs Caught Stealing Users' Facebook  Passwords – Hacking and Programming

साे संस्थाकाे रिपाेर्टअनुसार विशेषगरी यो समस्या एन्ड्रोइड डिभाइसमा देखिएको छ । लगत्तै गुगलले प्ले स्टोरबाट यी एपहरू हटाएको हो । यतिसम्म कि यी एपमार्फत प्रयोगकर्ताको फेसबुकको जानकारी लिएर फेसबुक अकाउन्ट ह्याक गर्नेसम्मको क्रियाकलाप भइरहेको डाक्टर वेबले उल्लेख गरेकाे छ ।

प्रयोगकर्ताको फेसबुक लगइन जानकारी संकलन गर्ने एप निम्न रहेका छन्ः

यी एप गुगल प्ले स्टोरबाट हटाइए पनि प्रयोगकर्ताको डिभाइसमा सक्रिय नै रहनेछन् । यसकारण तत्काल एप अनइन्स्टल गर्न सुरक्षा जानकारले अनुराेध गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३