close

एप्पलका सह-संस्थापक भन्छन्, ‘प्रयोगकर्तालाई उपकरण मर्मतको अधिकार दिनुपर्छ’

टेकपाना टेकपाना

असार २५, २०७८ ११:५२

एप्पलका सह-संस्थापक भन्छन्, ‘प्रयोगकर्तालाई उपकरण मर्मतको अधिकार दिनुपर्छ’

काठमाडौं । कम्पनीको विरोधका बावजुद एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाकले ‘राइट–टु–रिपेयर’ अभियानकाे समर्थन गरेका छन् । आफूले किनेको डिभाइस आफैंले मर्मत गर्न पाउनुपर्ने मागका साथ हाल युरोप लगायतका धेरै मुलुकमा यो अभियान चलिरहेको छ ।

लामो समयदेखि यस्ताे अभियान चलिरहे पनि एप्पलसहित धेरै उपकरण निर्माताकाे विमति रहँदै आएकाे छ । अर्काेतर्फ आफूले किनेको उपकरण आफैंले मर्मत गर्न पाउनुपर्ने भनी माग राख्दै आन्दोलनमा उत्रिएको समूहले यो अधिकारलाई कानूनी रूपमै सुनिश्चित गर्नु दबाद दिएका छन् ।

यसैबीच वोज्नियाकले आफ्नै कम्पनीको विरोधका बावजुद उक्त अभियानलाई समर्थन गरेका हुन् । बीचमा व्यक्तिगत व्यस्तताका कारण जानकारी नभए पनि अब भने उक्त अभियानमा आफ्नाे पूर्ण समर्थन रहेको उनले जनाएका छन् । उनले उक्त अभियानमा रहेका युट्युव च्यानलसमेत सब्सक्राइब गरेको बताएका छन् ।

उनले सानो हुँदा आफूले आफूसँग भएका टिभी लगायतका उपकरण मर्मत गर्ने गरेको बताए । त्यसैले आफ्नो उपकरण आफैंले मर्मत गर्न पाउनुपर्ने उनले बताएका छन् । त्यति मात्रै नभएर उनले हाल कतिपय कम्पनीले सबै कुरामा प्रयोगकर्तालाई नियन्त्रण राख्नका लागि मर्मत गर्ने अधिकारसमेत नदिएको बताएका छन् ।

‘आफैंले मर्मत गर्दा प्रयोगकर्तामाथि सधैं नियन्त्रण गर्न पाइन्छ भन्ने कम्पनीहरुकाे धारणा छ,’ उनले भने, ‘तर, कुनै व्यक्तिले किनेको उपकरणमा उसको अधिकार रहनुपर्छ । त्यो हुँदा व्यक्ति आफैंले चाहेकाे खण्डमा मर्मत गर्न पाउनुपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३