टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।

फोटो इडिट गरी टिकटकमा ट्रोल बनाई चरित्रहत्या गर्ने नियतले भिडिओ पोस्ट गरेको अभियोगमा झापास्थित मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने सोमप्रसाद घिमिरे पक्राउ परेका हुन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडाैंको आदेशले शुक्रबार ७ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team