close

एन्ड्रोइड फोनमा रहेका हरेक एपमा ३९ बढी सुरक्षा कमजोरी

टेकपाना टेकपाना

साउन १३, २०७८ १९:५७

एन्ड्रोइड फोनमा रहेका हरेक एपमा ३९ बढी सुरक्षा कमजोरी

काठमाडौं । ६० प्रतिशतभन्दा बढी एन्ड्रोइड एपमा सुरक्षा कमजोरी रहेको एक अध्ययनले देखाएको छ । एटलस भीपीएनले हालै सार्वजनिक गरेकाे एन्ड्रोइड एपसँग सम्बन्धित नयाँ अध्ययन प्रतिवेदनले याे तथ्य बाहिर ल्याएकाे हाे ।

साे प्रतिवेदनमा एन्ड्रोइड फोनमा रहेका हरेक एपमा औषतमा ३९ वटा सुरक्षा कमजोरी रहेको उल्लेख छ । साइबर सेक्युरिटी रिसर्च सेन्टरमा गरिएको उक्त अध्ययनमा कूल ३ हजार ३ सय ३५ ओटा ओपन सोर्समा आधारित निःशुल्क तथा पेड एपको परीक्षण गरिएको थियो ।

उक्त अध्ययनमा पेड तथा निःशुल्क एपअन्तर्गत गेमिङ, बैंकिङ तथा पेमेन्ट, एजुकेशन, इन्टरटेनमेन्ट, फुडसँग सम्बन्धित एप समावेश गरिएकाे थियाे ।

2021-07-20-15-29-20.jpg

त्यसमध्ये गेमिङ एपमा सबैभन्दा बढी सुरक्षा कमजोरी रहेको देखिएको छ । भने, दोस्रो सबैभन्दा बढी कमजाेरी बैंकिङ एपमा देखिएको छ । अध्ययनमा समावेश गरिएका कूल गेमिङ एपमध्ये ९६ प्रतिशतमा सुरक्षा कमजोरी फेला परेको छ ।

‘अध्ययनको क्रममा कूल ८२ हजार कमजोरी फेला परेको थियो,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘त्यसमध्ये तीन हजार १३७ वटा नयाँ कमजोरी फेला परेको छ । भने, बाँकी अर्थात् ७३ प्रतिशत कमजोरी दुई वर्षदेखि नै एन्ड्रोइड एपमा कायम रहेको छ ।’

डेभलपरले ध्यान दिएको खण्डमा धेरै बग समाधान गर्न सकिने समेत साे प्रतिवेदनमा उल्लेख छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१