close

ह्वावेले माग्यो विश्वभरबाट कर्मचारी

टेकपाना टेकपाना

साउन ३०, २०७८ १९:३१

ह्वावेले माग्यो विश्वभरबाट कर्मचारी

काठमाडौं । ह्वावेले विश्वभरबाट विभिन्न पदमा कर्मचारीको माग गरेको छ । कम्पनीले अनुसन्धान, बजार लगायतका विधामा काम गर्न विश्वभरबाट कर्मचारी माग गरेको हो ।

‘पाेस्ट डक्टाेरल रिसर्चर’ पदका लागि विद्यावारिधी सकाएका अनुसन्धानकर्ताहरूले फाइभजी, सिक्सजी एआई, अल्गोरिदम प्रविधि, सेमिकन्डक्टर, क्लाउड, कम्प्युटिङ, स्मार्ट डिभाइस लगायतका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने छ ।

विगत तीन वर्षमा विद्यावारिधी हासिल गरेका र आउने तीन महिनामा आफ्नो अनुसन्धान सकाउने विद्यार्थीहरूले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै ‘टप माइन्ड’ पदका लागि विश्वको जुनसुकै देशबाट जुनसुकै क्षेत्रको व्यक्तिहरू, जसमा केही नयाँ गर्न सक्छु भन्ने सोच भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

यसबाहेक ‘इन्टरनेश्नल स्टुडेन्ट्स’ का लागि विद्यार्थीहरूले सेल्स, फाइनान्स, सेवा, सप्लाई चेन, बिजनेस सपोर्ट, मानव संसाधन, कानूनी मामला लगायतका पदहरूमा आवेदन दिन सक्नेछन् । 

ह्वावेको सूचना अनुसार चिनियाँ कलेज र विश्वविद्यालयहरूबाट सन् २०२२ को जनवरी १ देखि सन् २०२२ को डिसम्बेर ३१ सम्म उत्तीर्ण हुने विद्यार्थीहरूले यो कामका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै विदेशीको हकमा सन् २०२१ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म उत्तीर्ण विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

ह्वावेले सेनजेन, बेइजिङ, साङघाई, हाङझाओ, नानजिङ, वुहान, जियान, छेङ्दु, डोङगुआन र सुझाओ लगायतका सहरमा रहेका कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक विद्यार्थीहरुले ह्वावेको आधिकारिक वेबसाइटमा गएर कामको लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१