close

स्मार्टफोनका एपबाट विज्ञापन हटाउने सामसङको घोषणा

टेकपाना टेकपाना

भदौ ३, २०७८ १७:५५

स्मार्टफोनका एपबाट विज्ञापन हटाउने सामसङको घोषणा

काठमाडाैं । सामसङ ग्यालेक्सी फोन सरल हुनुका साथै यसमा प्रयोग हुने सफ्टवेयरका कारण धेरै उपभाेक्ता अन्य फाेन हत्तपत्त राेज्दैनन् । तर यसकाे ‘वान यूआई’ ले धेरै एड नाेटिफिकेसन दिन थालेपछि प्रयाेगकर्ताकाे गुनासाे बढिरहेकाे छ ।

प्रयोगकर्ताबाट तीव्र गुनासाे आउन थालेपछि सामसङले चाँडै नै वान यूआईबाट त्यस्ता किसिमका विज्ञापन हटाउने घाेषणा गरेकाे छ । एक कार्यक्रममा बोल्दै सामसङ माेबाइल प्रमुख टीएम रोहले नयाँ सफ्टवेयर अपडेटसँगै विज्ञापन हटाउने याेजना सुनाएका हुन् ।

सामसङ पे, वेदर, सामसङ थिम जस्ता डिफल्ट एपहरुबाट विज्ञापन हटाउने निर्णय भएकाे उनले जानकारी दिए । त्यसो त यी तीन एपहरुले सामसङका अरु एप र सामसङको हेल्थमा विज्ञापनले पार्ने प्रभावलाई समेट्दैनन् ।

तर, जे होस सामसङको यो कदम सकारात्मक देखिन्छ । पछिल्लो दुई वर्षदेखि कम्पनीले यससँग सम्बन्धित सफ्टवेयरमा कामहरु गरिरहेको छ ।

यद्यपि यो प्रक्रया कति वृहत हुन्छ र अन्य माध्यमबाट आउने विज्ञापनलाई प्रभाव पार्छ/पार्दैन भन्ने कुराकाे यकिन अहिले नै गरिएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१