close

वर्ष दिनमै ५६ लाख पटक क्यूआर कोड स्क्यान, कति भयो होला कारोबार ?

टेकपाना टेकपाना

भदौ १०, २०७८ १९:१६

वर्ष दिनमै ५६ लाख पटक क्यूआर कोड स्क्यान, कति भयो होला कारोबार ?

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ भर कुल ५५ लाख ८१ हजार ७७९ पटक क्यूआर कोड स्क्यान गरिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले क्यूआर कोड भुक्तानी बढ्दै गएको देखाएको हो ।

प्रतिवेदन अनुसार गएको असार महिनामा मात्रै भुक्तानीका लागि आठ लाख ५५ हजार ५६६ पटक क्यूआर कोड स्क्यान भएको छ, जुन अहिलेसम्मकै उच्च हो । 

राष्ट्र बैंकका अनुसार क्यूआर कोड स्क्यान गरी वर्ष दिनमा २० अर्ब २८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै असार महिनामा मात्रै क्यूआर कोड स्क्यान गरी तीन अर्ब ६५ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

पछिल्लो समय क्यूआर कोड स्क्यान गरी गर्ने भुक्तानी निकै सहज र सुविधाजनक हुन थालेको छ । जसलाई नगद कारोबार प्रतिस्थापन गरी डिजिटल भुक्तानी अपनाउने कार्यमा समेत निकै सहज माध्यमको रुपमा हेर्न थालिएको छ ।

क्यूआर भुक्तानीको लोकप्रियतासँगै हरेकजसो वालेट र मोबाइल बैंकिङ सेवामा समेत क्यूआर कोड अनिवार्य जस्तै बनेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१