close

चार रङमा सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १५:४३

चार रङमा सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा

काठमाडौं । वितेको दुई महिनामा सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा फोनका विवरण बाहिर आइरहेका छन् । यसैबीच यो फोनको रङको विषयमा नयाँ जानकारी पनि बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सामसङको फ्ल्यागशिप फोन ग्यालेक्सी एस २२ अल्ट्रा डार्क रेड, स्ट्यान्डर्ड ब्ल्याक र ह्वाइट कलरमा उपलब्ध हुने बताइएको थियो ।

योसँगै अब भने यो फोन हरियो रंगमा पनि उपलब्ध हुने बताइएको छ । कम्पनीले भने यी विषयमा खासै केही बोलेको छैन । यद्यपि फोनका विवरणहरू अनलाइनमा लिक भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१